नियम विपरीत शेयर राइड गर्ने चालक कारबाहीमा

काठमाडौं । प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिनुभयो ।

“कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्”, उहाँले भन्नुभयो, “इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।” ¬निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ । उहाँले गुनासो आएका आधारमा कारबाही गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments