स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

१८ माघ, काठमाडौं। नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ ।

युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो ।

यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको थियो। न्युज कारखाना

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments