आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा गोपाल मगर पक्राउ

४ फाल्गुन, दाङ । शान्तिनगर गाउँपालिका-३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments