१६ बर्षकि बालिकालाई करणी गरी फरार भएका सिन्धुलीका रोहित कि.क.पक्राउ

२०फाल्गुन,काठमाडौं । मिति २०७८।११।१७ गते वेलुकाको समयमा  १६ बर्षकी बालिकालाई रोहित बि.क. भन्ने व्यक्तिले ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार भएको भन्ने सूचना यस महाशाखामा प्राप्त भई पीडितलाई करणी गरी फरार रहेका रोहित बि.क. को खोजतलास गर्न यस महाशाखाबाट टोली खटाईएकोमा खटिएको टोलीले तपसिलमा उल्लेखित ठेगाना भएका रोहित वि.क. लाई मिति २०७८।११।१८ गते वेलुका काठमाण्डौको महाराजगन्जबाट पक्राउ गरी पीडितलाई जबरजस्ती करणी गरेको गोंगबु स्थित गेष्ट हाउस समेत कसुरदारबाट खुलाई घटनास्थलबाट सवुत प्रमाणहरु संकलन गरी यस महाशाखामा दाखिला गरेकोमा निज रोहित बि.क. लाई करणी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी बृत्त, जनसेवा, काठमाण्डौ पठाईएको ।

पक्राउ परेका व्यक्ति :

 नाम : रोहित बि.क. ।

उमेर :   २२ वर्ष

ठेगाना : जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका वडा नं. ३

हाल काठमाण्डौको न्यूरोड बस्ने ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments