केराउ अस्वाभाविक महँगो : छ महिनामै दोब्बर भाउ बढ्यो


काठमाडौँ।
विगत छ महिनाको अवधिमा सेतो केराउको मूल्य दोब्बरभन्दा बढी महँगो भएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुुसार गत कात्तिकमा सेतो केराउ प्रतिकेजी ७० रुपियाँमा खुद्रा बिक्री भएकामा अहिले बढेर १५० रुपियाँ पुगेको छ । यस्तै सो अवधिमा हरियो केराउको मूल्य प्रतिकेजी ११० रुपियाँबाट बढेर १५५ रुपियाँ पुगेको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो पटक केराउको भाउ अस्वाभाविक रूपमा महँगो भएको बताउनुभयो । महँगोमा तिर्नुपर्ने केराउ गुणस्तरीय पनि नभएको उहाँले बताउनुभयो । केराउ आयातमा सरकारले खुकुलो गरिदिए पनि यसको भाउ घट्ने अपेक्षा रहेको पनि उहाँले बताउनुभयो ।

आयात गर्न अनुमति

वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसअघि बन्देज लगाएको केराउ, छोकडा, मरिच, सुपारीको पैठारीमा फुकुवा गरेको छ । विभागका निर्देशक शिवराज सेढाईंले केराउ आयातको प्रतिबन्ध खुला गरिसकेकाले अब बिस्तारै केराउको भाउ सस्तो हुने बताउनुभयो ।
उहाँका अनुसार केराउ आयातका लागि २३३ निवेदनबाट १२ लाख २५ हजार २९० मेट्रिक टन आए पनि हाललाई ८० हजार मेट्रिक टन पठाउने गरी आयातका लागि अनुुमति दिइएको छ । सुपारी आयातका लागि ७५ वटा निवेदनबाट दुुई लाख २७ हजार २७० मेट्रिक टनको माग भएकामा २५ हजार मेट्रिक टन ननाघ्ने गरी आयातमा फुुकुवा गरेको विभागले जनाएको छ ।

त्यसैगरी छोकडा आयातका लागि परेको १०१ निवेदनबाट ४१ हजार ९९५ मेट्रिक टन माग आएकामा पाँच हजार मेट्रिक टन नबढ्ने गरी आयात गर्न सकिनेछ । मरिच पैठारीका लागि आएका १६९ वटा निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टनको माग आएमा १५ हजार मेट्रिक टन नबढ्ने गरी आयात गर्न अनुमति दिने निर्णय भएको विभागले सूचनामार्फत जानकारी गराएको छ ।

विभागका अनुसार छोकडाको हकमा भन्सारस्थित खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको कार्यालयले गुणस्तर प्रमाणीकरण गरी उपयुक्त देखिएको सिफारिस गरेमा त्यस्तोको छोकडा आयात गर्न स्वीकृति दिने निर्णय गरिएको छ । यसका लागि यसअघि नै नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन बैङ्कहरूलाई परिपत्र जारी गरिसकेको जनाएको छ । गोरखापत्र अनलाइनमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments