विदेशबाट फर्केर ४० लाख रुपियाँ लागतमा लोकल कुखुरापालन व्यवसाय सुरु


चरिकोट।
लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर दोलखाको मेलुङ गाउँपालिकामा भने व्यवसायिक रुपमा लोकल कुखुरापालन सुरु गरिएको छ ।

गाउँपालपकाको वडा नम्बर ७ सीतलीमा करिब ४० लाख रुपियाँ लागतमा लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको हो ।
गत कात्तिकमा सात सय ५० लोकल चल्ला हालिएको फर्ममा हाल पाँच सय भन्दा बढी लोकल कुखुरा रहेको सञ्चालक विदुर कार्कीले बताउनुभयो ।

बैदेशिक रोजगारीबाट फर्केका उहाँले ६ रोपनी जग्गामा तारजाली कम्पाउण्ड, स्टिलट्रस भवन लगाएत निर्माण गरी लोकल कुखुरापालन व्यवसाय सुरु गरिएको बताउनुभयो ।

गाउँघरमा पालिने बाताबरणमै कुखुरा पालिएको बताउँदै उहाँले भन्नुभयो कुखुरालाई गहुँ, मकै र घाँस लगात खुवाउने गरेका छौँ । कुखुराले हाल दैनिक ७० देखि ७५ वटासम्म अण्डा दिइरहेको छ । अण्डा चार सय ५० रुपियाँ क्रेटमा बिक्री भइरहेको छ भने मासु ६ सय रुपियाँ किलोमा बिक्री भईरहेको छ ।

छ महिनामा मासुको लागि तयार हुने कुखुराको तौल डेढ किलोदेखि साढे दुई किलोसम्म हुने गरेको कार्की बताउनु हुन्छ । उत्पादित कुखुरा रामेछापको मिल्ती, देविटार, मन्थली बजार र दोलखा सदरमुकाम चरिकोट सम्म बिक्रीवितरण भइरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments