पूर्वी पहाडमा अलैंचीको मूल्य प्रति मन ४५ हजार पुग्यो

इलाम : कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो लागेको छ ।

गत वर्ष अलैंचीको खपत हुने देशहरू कोरोना महामारीले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर यस वर्ष पनि गत वर्ष जस्तै मूल्य नपाइने डरले धेरै कृषकले यसअघि नै अलैची बिक्री गरिसकेका भएपनि मुल्य भने निरन्तर उकालो लागिरहेको छ ।

गत वर्ष घटेर अलैँचीको मूल्य २० हजार रुपैयाँ प्रतिमन पुगेपनि यस वर्ष ४५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अलैँचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुशी भएका छन् ।

नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम बढेको ब्यापारीको भनाइ छ ।

गत वर्ष इलाममा अलैचीमा ढुसीजन्य रोग, डढुवा र प्रतिकुल मौसमका कारण अलैची उत्पादन कम भए पनि अहिले क्रमीक सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

इलाममा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैँची उत्पादन भएको सरकारी तथ्याङ्क छ । जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातका अलैैँची खेती हुँदै आएको छ । -ईमेज खबर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments