व्यवसायिक तरकारी खेतीमा धादिङका किसान

धादिङ । परम्परागत कृषि प्रणालीमा सुधार गरी धादिङका किसान यतिबेला तरकारी खेतीमा व्यवसायिक बन्न थालेका छन् । राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभूवन राजपथसँग सिमाना जोडिएका र आसपासका किसानहरु तरकारी खेतीमा लागेका छन् । तरकारीको पकेट क्षेत्र धादिङले काठमाडौं कालिमाटीको १४ प्रतिशत तरकारी धादिङले थेग्ने गरेको छ ।

धादिङको केवलपुर, धार्के, नौबिसे, खानिखोला लगायतका स्थानहरु तरकारी जोनले प्रख्यात रहेका स्थानहरु हुन् । यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँको बल्खु, कालीमाटी, चितवन, पोखरा, नेपालगन्ज, नारायणघाट, पोखरा लगायतका बजारको मागलाई थेग्ने गर्दछ । धादिङबाट गोलभेडा, काउली, लसुन, फर्सी जस्ता धेरै तरकारीहरु काठमाडौं भित्रने गरेका गरेका छन् ।

अहिले तरकारीको मुख्य सिजन हो । तरकारीको सिजनमा सधैं जसो किसानहरु आफुले लगाएको तरकारीको उचित बजार भाउ नपाउदा मर्कामा पर्ने गरेका थिए भने यो बर्ष भने तरकारीको केही मात्रामा भए पनि मूल्य पाएकोमा किसानलाई राहत मिलेको छ ।

धादिङको खानीखोलामा काउली, बन्दा, सिमी लगायतका तरकारी उत्पादन हुन्छन, भने धुनीबेशी नगरपालिका भित्र पर्ने जीवनपुरमा गोलभेडा, बेटीघाटमा लौका, सिमी, बन्दा लगायतका तरकारी उत्पादन हुँदै आएको छ ।

धुनीवेशी नगरपालिकाको राजमार्ग आसपासका स्थानहरु सुन्दरपानी, बुङचुङ, सलाङघाट,चरौदी, बिशालटार, मझिमटार, ज्यामिरेघाट, मलेखु , छबीसे, आदमटार,बेलिनिटार ,केउरेनीटार तरकारी उत्पादनको क्षेत्रको रुपमा प्रख्यात छ। जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार ६ हजार २२ हेक्टर (१२ हजार ४ सय ४०रोपनी) क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।

जिल्लाभर ७६ हजार ४ सय ७९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । सधैं जस्तो किसानहरु कहिले बिउ पाए मल पाउदैनन, मल पाए बिउ पाउदैनन यस्तो हैरानीको बाबजुद पनि किसानीहरुले तरकारी उत्पादन गर्ने गरेका छन् । किसानहरुले यसै बर्ष मात्र केही सीमित मात्रामा भएपनि आफुले लगाएको तरकारीको मूल्य पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments