कृषिबाटै आत्मनिर्भर बन्दै बर्दियाका महिला

बर्दिया । पछिल्लो समय बर्दियाको ग्रामीण क्षेत्रका महिला कृषिसँगै अन्य व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । जिल्लामा हप्ताको दुई दिन लाग्ने हाट बजारहरुमा तरकारी र खाजा–नास्ता पसल उनीहरुका लागि आम्दानीको मुख्य श्रोत बनेको छ । हाट बजारवाट राम्रो आम्दानी हुँदा उनीहरु दंग परेका छन् । बर्दियाको राजापुरमा सञ्चालित हाट बजारमा तरकारी बिक्री गर्दै आएकी राजापुर नगरपालिका– ५ बदालपुरकी रिसमति चौधरीले तरकारी बिक्री गरेर घरखर्चसँगै व्यक्तिगत आवश्यकतासमेत पुरा भइरहेको बताउनु हुन्छ ।

बर्दियाका यी महिलाले तरकारी खेती सम्बन्धि कुनै औपचारिक अध्ययन गरेका छैनन् । तर पनि उनीहरुले गर्ने उत्पादन र त्यसलाई बिक्री गर्ने कला भने अब्बल छ । उनीहरु आफै उत्पादन गर्दछन्, ढुवानी र बिक्री पनि आफै गर्छन् । तरकारीसँगै हाटबजारमा आएकालाई स्थानीय परिकार, खाजा नास्ताको व्यवसायमा महिलाहरुनै सकृय छन् । खाजा–नास्ता पसल गर्दै आएकी राजापुर– ४ अनन्तपुरकी सुनिता चौधरीले व्यवसायवाट राम्रो आम्दानी भएकाले घर खर्च चलाउन सहज भएको बताउनु हुन्छ ।

घरभित्रको काममा मात्र सिमित हुनु पर्दछ भन्ने पुरानो मानसिकतालाई चिर्दै आत्मनिर्भर बन्न बर्दियाका महिला उत्साहित भएका छन् । उनीहरुलाई राज्यले आर्थिक सहयोग दिएर प्रोत्साहित गर्न सके महिला पूर्णरुपमा आत्मनिर्भर बन्नुका साथै वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments