दूधसंग भूलेर पनि खान नहुने यी खानेकुराहरू के के हुन् त हेरौ :

दूध, मानव मात्र नभएर सम्पूर्ण स्तनधारी जीवहरूको पहिलो आहार हो। बच्चामा हुँदा मान्छेले आमाको दूध पिउदछ भने ठूलो भएपछि अन्य जनावरको दूध पिउदछ।

दूधलाई आधुनिक पोषण विज्ञानले समेत सम्पूर्ण आहारा मानेको छ। हुनपनि दूधमा हाम्रो शरीरको विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू विद्यमान छन् र दूधको सेवन सबै उमेर समूहका व्याक्तिहरूका लागि उत्तिकै सान्दर्भिक मानिएको छ। यदि तपाईं पनि प्रत्येक दिन दुध पिउने गर्नुहुन्छ भने तपाईले पनि दूध पिउने कला सिक्नु पर्ने हुन्छ। स्वास्थ्यका लागि अत्यन्त पौष्टिक पदार्थ मानिएको भए पनि दूध पिउन नजान्दा अनेकै रोगहरू उत्पन्न हुन्छन्।विशेष गरि दूधसंग के खाने के नखाने भन्ने कुराको जानकारी नहुँदा दूधको सेवन विषाक्त बन्न सक्छ। यसर्थ आउनुहोस हामी पनि जानौ दूधसंग भूलेर पनि खान नहुने यी खानेकुराहरूलाई र यदि तपाईं यी चीजहरू दुधको साथ लिई रहनु भएको छ भने, त्यसका नोक्सानहरूको बारेमा पनि जान्नुहोस्।

१. दहीः दुध र दही दुबै स्वास्थ्यको लागि लाभदायक खानेकुराहरू हुन्, तर दुबै सँगसँगै खाँदा फाईदाको साटो नोक्सान ज्यादा हुन्छ। यसो हुँनुमा दहीमा विद्यमान ब्याक्टेरिया र अम्लले गर्दा दूधलाई डीन्याचूरेट गर्ने वा फटाईदिने हुँदा यो फाटेको दूधले एसिडिटी, ग्यास, बान्ता, झाडा–पखाला, वाकवाकी गराउनाले हो।

२. नुनः दुधसंग नुनको सेवन पनि स्वास्थ्यको लागि अत्यन्त हानीकारक मानिन्छ। दुधसंग नुनको सेवन गर्दा पेटको भित्री पत्र वा छालाको संक्रमणको उच्च जोखिम हुन जान्छ। वैज्ञानिकहरू छालामा आउने दाँद, फोकाफोकी, घाउ, खटिरा, स्वरीयासीस, छाला चिलाउने, एक्जिमा जस्ता समस्याहरूलाई दूध र नुनको विरूद्ध आहार सेवनले उत्पन्न भएको समस्या मान्ने गरेका छन।

३. तेलः दूध र तेलको योग लाई पनि चिकित्सा विज्ञानले राम्रो मान्ने गरेको छैन्। दूध र तेललाई एकसाथ मिलाउन सकिदैन किनकि दूधमा विद्यमान पानीमा तेल तैरिन्छ र एकसाथ खान खोज्दा यो योग स्वासथ्यको लागि विरूद्ध हुनजान्छ। यसै गरि दुध संग उच्च मात्रामा तेल भएका खानेकुराको सेवन पनि गर्नु हुदैन। यदि खाईएमा पेट ढुस्स हुने, ग्यास्ट्राईटिस हुने, आँउ पर्ने, भूडी हुडल्ने जस्ता समस्या देखा पर्दछन।

४. तीलौराः तीलको लड्डूलाई तीलौरा भनिन्छ। तीलौरा पनि उच्च मात्रामा तेल र प्रोटिन भएको खानेकुरा हो। तीलौरा र दुधको सेवन गर्ने गर्दा तेल र दूधको विरूद्ध प्रकृति एक आपसमा नमिल्दा भोजन विरूद्ध हुन पुग्दछ र स्वास्थ्य नाश गर्दछ।

५. सातुः हुँनत दूध र सातुको मिश्रणलाई धेरै लामो समय देखि खाईदै आईएको छ तर सातु र दूधको संयोग लाई आरोग्य बर्धक योग मानिएको छैन। सातु (चनाको) मा प्रशस्त मात्रामा प्रोटिन पाईने र दुधमा पनि उच्च मात्रामा प्रोटिन र चिल्लो पाईने हुँदा दुबैलाई एकसाथ खाँदा पचाउन गाह्रो हुने गर्दछ। सातु र दूधलाई एकसाथ खाँदा पेट दुख्ने, भूँडी हुडल्ने जस्ता समस्याहरू देखा पर्दछन्।

६. माछा, मासु अण्डाः
दूध र मांशहार अत्यन्त विरूद्ध आहार हुन।मांशहारी खानेकुरा र दूधको सेवन गर्ने गर्दा दुबै खानेकुरामा विद्यमान उच्च प्रोटिनको पाँचन ठिकसंग नहुँदा ज्यादा मात्रामा विजातिय पदार्थ बन्ने र पाचन सम्बन्धि समस्या देखा पर्ने गर्दछ।माछा, मासु, अण्डा आदिको सेवन पश्चात वा एकसाथ दूध पिउदा फूड पोईजनिङ्ग हुने, पेट दुख्ने र शरीरमा दुबी आउने सम्भावना रहन्छ।

७.फलफुल एवं सलादः
आजकाल दुधसंग विभिन्न किसिमका फलफूलहरू मिलाएर बनाईएको मिल्कसेक वा स्मूदी बनाएर खाने चलन छ तर यो चलन स्वास्थ्यको दृष्टिले त्यति उपयूक्त होईन। कारण के छ भने फलफूल वा सलादहरू को प्रकृति चिसो हुन्छ भने दुधको प्रकृति तातो हुन्छ। यसरी विरूद्ध प्रकृतिको खानेकुराहरू खाँदा भोजन विरूद्ध हुनजान्छ र स्वास्थ्यमा प्रतिकुल असर पु¥याउदछ। यसैगरि दुधसंग अमिला वा अम्लिय प्रकृतिका खानेकुराहरू खाँदा दूध तुरून्तै फट्दछ र विरूद्ध बन्न पुग्दछ।

८. दालः कालो माषको दाल, गहत र मुङ्गसंग दूधको सेवन कहिल्यै गर्नु हुँदैन । दाल खाँदा दालमा विद्यमान प्रोटिन र दूधमा विद्यमान प्रोटिनको पाचन विधि फरक हुने हुँदा यसले हाम्रो पाँचन तंत्रमा नकरात्मक असरहरू पैदा गराउदछ र पेट खराव हुने गर्दछ।

९. अमिला फलफूलः कागती, तित्री, स्ट्रबेरी, भूईकटहर, सून्तला जस्ता अमिला प्रजातीका फलपूmलहरूको सेवन गर्ने गर्दा दूध तुरून्त फाट्न गई विषाक्तता पैदा गर्दछ। फलतः रूघा, खोकी, एलर्जी, दम, वाकवाकी, वान्ता, अपच अजीर्णता जस्ता समस्याहरू पनि देखा पर्दछ।

१०. बेलः
बेललाई पनि दुधको साथमा खानु हुँदैन। दूधसंग बेल खानेगर्दा बेलमा विद्यमान चोपले दूधको प्रोटिनलाई डीन्याचूरेट गर्ने गर्दछ र यो मिश्रणलाई विषाक्त बनाई दिन्छ।

११. नौनी घ्यू वा मक्खनः
हामी मध्ये धेरैले नाश्तामा अक्सर गरेर ब्रेड र बटर को साथमा दूध लिने गरेका हुन्छौ तर यो बानी स्वास्थ्यको दृष्टिले त्यत्ति राम्रो होईन किनकी यसरी खाँदा दुबै भोजनमा विद्यमान उच्च प्रोटीन र चिल्लोका कारणले भोजन गरिष्ठ बन्न पुग्दछ र पाचन क्रियालाई प्रभावित पार्न सक्दछ। चिकित्सकहरूको सल्लाह अनुसार पनि प्रोटीन, कार्बोहाइड्रेट र फ्याट ज्यादा मात्रा मा एक साथ लिनु हुँदैन ।

१२ कटहरः दूध पिए पछि वा दुधको साथ रूख कटहरको सेवन गर्नु हुँदैन। यसो गर्दा पाँचन प्रणलीमा त समस्या उत्पन्न गराउदछ नै साथै मुटुरोग श्वास रोग, दाद, चिलाउने, एग्जिमा र अन्य छाँला सम्बन्धि विकार उत्पन्न गराउदछ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा.हेमराज कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments