गर्मी मौसममा उखुको जुस पिउँदा ध्यान दिनुपर्ने कुरा र फाइदाहरु जानिराखौ

गर्मी मौसम सुरु भएको छ । गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं। यसले आँतलाई शितल बनाउँछ। यसका कयौं फाइदा छन्। गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो। यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ। एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ।

जाडो मौसम सकिएर गर्मी मौसम सुरु भएपछि मान्छेमा रुघाखोकी ज्वरो जस्ता समस्या देखिन सक्छ । गर्मीमा हुने ज्वरो जस्ता समस्याहरु निको पार्नको लागि उखुको जुस प्रभावकारी हुने चिकित्सकहरू बताउँछन् । पौष्टिकताको हिसाबले एक गिलास उखुको जुसमा कमसेकम १८० क्यालोरी शक्ति मिल्ने गर्छ । यसमा थोरै कागती र नुन पनि मिसाएर पिउन सकिन्छ ।


पिसाब पोल्ने समस्याको समाधान

उखुको जुसले गर्मीमा पिसाब पोल्ने समस्यालाई समाधान गर्ने गर्छ । साथमा मूत्रसम्बन्धी समस्या पनि समाधान गर्ने गर्छ ।

डण्डीफोरबाट मुक्ति
नियमित उखुको जुस पिउनुले डण्डीफोर ठीक गर्ने गर्छ । उखुको रस निकालेको डाँठलाई २० मिनेटसम्म मास्कको रूपमा पनि लगाउन सकिन्छ । हप्तामा एकदिन यस्तो मास्क लगाउन सकिन्छ ।

शरीरमा शक्ति प्रदान गर्नको लागि

उखुको जुसले शरीरमा शक्ति प्रदान गर्ने एवं मान्छेलाई सधैं फ्रेस राख्न सहयोग गर्ने गर्छ ।

वजन नियन्त्रण गर्न
यसको स्वाद गुलियो हुनुका बाबजुद पनि यसले वजन नियन्त्रणमा भूमिका खेल्ने गर्छ । यसले हाम्रो शरीरबाट खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्ने गर्छ । यो घुलनशील फाइबरबाट भरिएको हुन्छ । जुन वजन कम गर्न मद्दत मिल्ने खालको हुन्छ ।


कमलपित्तबाट कम गर्न

कमलपित्त ठीक गर्नको लागि दैनिक २ गिलास उखुको जुसमा कागती वा नुन मिसाएर पिउनुपर्छ। यदि उखुको मौसम होइन भने पनि चिनी राखेको सर्वतमा कागती राखेर पनि खान सकिन्छ ।


मधुमेह कम गर्नु

यदि तपाईं मधुमेहको शिकार बन्नु भएको छ भने पनि उखुको जुस पिउन सक्नुहुन्छ । किनकि यसले शरीरमा ग्लुकोजको तहलाई सन्तुलित गराउने काम गर्छ ।

वान्ता रोक्न

गर्मी मौसममा उखुको जुस खानुले वान्ता रोक्न मद्दत गर्ने गर्छ । एक गिलास उखुको रसमा २ चम्चा मह राखेर खाँदा गर्मीमा हुने वान्ता रोक्न मद्दत गर्ने गर्छ ।

उखुको जुस पिउँदा ध्यान दिनुपर्ने कुरा:

फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ। तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ। पसलमा झिंगा भन्किइरहेको हुन सक्छ। त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न।

खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ। सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ। यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ। किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन्।

फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ। यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ। बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ। किरा लागेको हुनसक्छ। यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस्।

अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ। उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न। कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ। यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन। तर स्वादमा भिन्नता आउछ।

अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ। पिउने हो भने जति पनि पिउन सकिन्छ। झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन। तर धेरै पिउनु गलत हो। विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न। यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ। धेरै उखुको रसले नोक्सानी पुर्‍याउन सक्छ।

संक्रमण हुने खतरा :
सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ। यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।

मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ। मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments