फेदीखोलामा कृषि एम्बुलेन्स , गाउँको उत्पादन गाउँमै

स्याङ्जा- कोभिड १९ को दोश्रो महामारीले निम्त्याएको निषेधाज्ञाको कारण कृषकले उत्पादन गरेको तरकारीलाई कुहिन नदिन र बजार व्यवस्थापन गर्न फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

कृषि उपजको बजार मुल्यमा एकरुपता कायम गर्दै घरगाउँको उत्पादन गाउँघरकै उपभोक्तालाई बिक्री गर्ने अभियानले बिषादीरहित तरकारी खान पाएकोमा उपभोक्ता हर्षित बनेका छन् । यस्तै बिचौलीयाको मारमा परेका कृषकसमेत उत्साहित भएका छन् ।

खेतबारीमा पुगेर कृषकलाई उचित मुल्य दिने र उपभोक्तालाई सहुलियत दरमा तरकारी बिक्री गर्न पालिकाले षर्केटारी कृषि उपज सहकारीसँग समन्वय गरेको छ ।

कृषि एकबुलेन्सले कृषक र उपभोक्ताको दुरी नजिक बनाएको छ भने बिचौलियाको समस्या अन्त्य भएको छ । आयात प्रतिस्थापन गर्दै घरगाउँको उत्पादन गाउँघरकै उपभोक्तालाई बिक्री गर्ने अभियानले बिषादी रहीत स्वस्थ र ताजा तरकारी उपभोग गर्न पाएकोमा उपभोक्ता हर्षित बनेका छन् ।

कृषकको उत्पादनलाई मध्येनजर गर्दै पालिकाले २५ जातका तरकारीमा न्युनतम समर्थन मुल्य तोकेको छ । उत्पादित बस्तु बिक्री गरेबापत कृषकलाई उत्पादनमा आधारित १५ प्रतिशत आर्थिक अनुदानसमेत पालिकाले प्रदान गर्ने गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

कृषि एम्बुलेनस सञ्चालन भएसँगै गाउँगाउँमा उत्पादन भएका तरकारी तथा फलफूलले बजार पाएको छ भने उपभोक्ताले समेत चर्को मुल्य तिर्न परेको छैन । राम्रो मुल्य पाएका यहाँका कृषकले कृषि क्षेत्रलाई निरन्तरता दिने विश्वास समेत लिइएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments