किसानको समस्या समाधान गर्न कार्यदल गठन

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण गरेको बताएकी छिन् ।

गत वर्षको लकडाउनमा किसान प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको निषेधाज्ञामा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको दावी गरिन् । “अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गरिरहेका छौं ।” उनले भनिन् ।

यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा निषेधाज्ञा लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोगबारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन् । कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिने मन्त्री अर्यालले जानकारी दिइन् ।

मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् । यस्तै देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको उनले बताइन् । अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाइ छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments