“ के गर्नु दुःख गर्‍यो गर्‍यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, बैकको ब्याज तिर्न समस्या

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी आजभोलि बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् ।

तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाएका रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आएको तर निषेधाज्ञाले चौपट भएको गुनासो गरे ।

अहिले बजार बन्द भएको र वरपरका मानिसहरू तरकारी लिन आएपनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उनको भनाई छ । निषेधाज्ञाले व्यापार नहुँदा मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरीको भनाइ छ । सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको रामलाल सुनाउँछन् । “तर के गर्नु दुःख गर्‍यो गर्‍यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो”, रामलालले सुनाए ।

रामलाल जस्तै सोही ठाउँका श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तित छन् । श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न पाएका छैनन् । “उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको छ”, श्यामलालको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments