म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

तम्घास: जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ ।

गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो ।

जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो। व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको उपभोक्ताले गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहीबार बजार अनुगमन गरेको थियो ।

गाउँपालिकाको वडा नं १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजालगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा र मदिराजन्य वस्तु बरामद गरिएको थियो। कूल रु. एक लाख २० हजार बराबरको सामग्री नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments