रासायनिक मल विक्री बन्द हुँदा किसान मारमा

कैलाली। कोरोना संक्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् ।

निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल विक्री बन्द हुँदा किसान मारमा परेका छन् ।

किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउँछन् । ‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए’, खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन । उनले भने ‘सहकारीले मल विक्री गरिरहेका छैनन् । अब कसरी मलको जोहो गर्नु’

गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन् । जेठ महीनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन् ।

मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताए । ‘निधेषाज्ञा छ, मल पाउने टुंगो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’, प्रेमलालले भने, ‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनु पर्छ । नत्र उत्पादन घट्ने निश्चित छ ।’

वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन् । वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही होे । कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ ।

किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि विक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ । ‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिड्ने वातावरण बनाइदिनुस्’, डगौरा भन्छन्, ‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ । खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु पर्‍यो ।’

किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन् । ‘मुलुकमा आिर्थक गतिविधि ठप्प छन् । मानिसको भोक मेट्ने भनेको उतपदनले हो । कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशिक्त जस्ता कुरामा सहयोग चाहिन्छ’, किसान अगुवा रुपेश शर्मा भन्छन्, ‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ ।’

कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments