साउदी अरब र कतारको लामो समयको दुख पछि आफ्नै गाउँ फर्किएर बङ्गुरपालनमा रमाउदै

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गर्नुभएको छ । साउदी अरब र कतारमा लामो समय बिताउनुभएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गर्नुभएको हो ।

गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उहाँले बताउनुभयो । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उहाँको भनाइ छ । धेरै क्षेत्रको अनुभव बटुल्नुभएका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थालेको बताउनुभयो ।

उहाँको फार्ममा अहिले ल्याडेस, धराने कालो बङ्गुर, दिउरोग गरी सात पाठी र सय प्रतिशत जातको चार वीर पाठा छन् । बङ्गुर पालनसँगै भविष्यमा माछा पालन, बोइलर तथा लोकल कुखुरा पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments