किसान भारतबाट लुकीछिपी मल र बिउ ल्याउन बाध्य ! बजेट र भाषण मात्रै कहिले सम्म सरकार ?


नेपालगन्ज ।
बाँकेमा हरेक वर्ष किसानलाई मल र धानको बिउको अभावले चिन्तित बनाउने गरेको छ । जेठ महिना सुरु हुने वित्तिकै किसानलाई मल र धानको विउ कहाँबाट जोहो गर्ने ? भन्ने चिन्ताले सताउने गरेको किसानहरु बताउँछन् ।

राज्यले हरेक वर्ष किसानलाई मल र धानको विउको व्यवस्था गरिसकेको जानकारी गराएपनि समयमा उपलव्ध नगराउँदा किसानहरु चिन्तित हुने गरेका छन् । बाँके भारतको सीमानाकासँग जोडिएको नाका हो । भारतको भरमा यहाँका किसानहरु कृषि पेसामा निर्भर हुन बाध्य भइरहेको किसानहरु बताउँछन् ।

राज्यले समयमा धानको विउ र मल उपलब्ध नगराउँदा भारतबाट ल्याउन बाध्य भएको जानकी गाउँपालिका ३ का किसान बर्साती कहारले बताए । भारतमा पर्याप्त मात्रामा मल र धानको बिउ पाइने र सस्तो पाइने भएकाले भारतबाट ल्याउने गरेको किसान बर्सातीले बताए ।

भारतबाट ल्याउँदा भारतीय प्रहरीले केही नभनेपनि नेपाल प्रहरीले भने रोक्ने र मल नै सिज गर्ने तथा रकम माग्ने गरेको उनँले गुनासो पोखे । बर्साती जस्तै अर्का किसान बिकल यादवले पनि भारतबाट मल र धानको विउ ल्याउने गरेको बताए ।

नेपालमा नपाएपछि भारतमा विहान गएर साँझसम्ममा भारतबाट चोरीको बाटो हुँदै नेपाल मल भित्र्याउने गरेको उनले बताए । नेपालमा समयमै विउ र मल उपलव्ध नहुँदा जहिलेपनि धान लगाउने समय पछाडि पर्ने गरेको उनले बताए ।

सिजनमा जहिले पनि मल र विउको किसानलाई हाहाकार हुने गरेको उनीहरु बताउँछन् । विउ र मलको लागि भारत धाउन बाध्य रहेको किसानहरुको भनाइ छ । नेपालमा मल र विउ नपाउने र भारतमा नेपालभन्दा सस्तो पाइने भएकाले भारतबाटै ल्याउने गरेको किसानहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments