म किसान र मेरो चुनौती

प्यूठान :’मेरो देश नेपाल एउटा कृषि प्रधान देश हो।यहाँ दुईतिहाइ जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन्। नेपाल भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको हावा पानि पाईन्छ। जसले गर्दा ठाउँअनुसारकै कृषि उपजहरू उत्पादन हुन्छन्। र त्यसमा म त्यो किसान हु, जस्ले यो सारा सृष्टि बचाएको छ।यहाँका हरेक जीवात्माहरुलाई प्राण दिएको छ। यदि म नहुँदो हु त के हुन्थ्यो होला?किसान त्यो हो जसले यो धर्तीमा आफू बाँचेर अरुलाई बचाउँछ।बिहानको झुल्के घाम सँगै हातमा हलो र कोदाली अनि कमरमा पटुकी बाँधेर खेतमा निस्किएको किसान दिनभर माटो खनेर मोती फलाउने सपना लिएर भोलिको सुनौलो भविष्यको परिकल्पनामा आफ्नो परिवार साथै सम्पूर्ण जीवजन्तुलाई सन्तुष्ट गराइरहेको हुन्छ।

मैले गरेको किसानले म, मेरो परिवार र सारा सृष्टिमा रहेका अन्य जीवात्माहरुलाई पनि पाल्न सकु। म किसान हु।त्यसैले मलाई थाहा छ अन्नकाे महत्त्व र सबैले अन्न महत्त्व बुझ्न जरुरी छ। एक सिताे अन्नको के महत्व जसले थालमा राखेको खाना आधा छोडेर हिड्छ। लक्ष्मीप्रसाद देवकोटाले भनेझै:-“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ? आफू मेटाई अरुलाई दिनु जहाँ छ।”वास्तवमा त्यो सुख दिन सक्ने भनेको नै किसानले हो।

वास्तवमा भन्ने हो भने किसान यो धर्तीको पुजारी हो, सर्जक हो। यस धर्तीमा आफू बाचेर अरुलाई बचाइरहको हुन्छ।त्यसैले किसानले पुण्य कमाउन कुनै महायज्ञ नै लगाउनु पर्दैन।किनकि सम्पूर्ण प्राणी त्यही किसानको परिश्रममा बाँचिरहेको हुन्छ र किसानले खेती गर्ने बेला जती पसिना बगाए पनि अन्न भित्राउने बेलामा सबै दुःख बिर्सिएर खुसीले गदगद भएको हुन्छ। विशेष गरी मनुष्य प्राणी लगायत अन्यलाई बचाउने भनेको किसानले नै हो। प्रकृतिलाई सन्तुलनमा ल्याउन,प्राकृतिक सुन्दरताको बगैंचा निर्माण गर्ने काम किसानले गरेको हुन्छ।एक कर्मठ किसानले सबै माथि विजय प्राप्त गरेको हुन्छ। यती भन्दै गर्दा किसान हुन त्यती सजिलो पनि छैन।भोकमरी तथा खाद्य असुरक्षाको जोखिममा रहेका व्याक्ति, परिवार, वर्ग र समुदायलाई खाद्यान्न उपलब्ध गराई भोकमरी अन्त्य गर्ने संकल्प लिएर म जस्ता हजारौं किसानहरूका अनेकौं चुनौतीहरु छन्।

कीटनाशक औषधि तथा रासायनिक मलको प्रयोग बढ्दै जाँदा जमिनको उर्भर शक्तिमा कमि आएको छ। कृषक काे माग अनुसार सरकारले बजेट विनियोजन गरेको छैन।कृषकले उत्पादन गरेका उत्पादित बस्तुलाई बिक्रि बितरणमा समस्या झेल्दै उपयुक्त मुल्य पाउन नसक्दा किसानलाई जीविकोपर्जन गर्नमा चुनौती थपिदै गएको छ। कृषकको कृषि पेशामा तत्परता भएता पनि कृषि भूमिको अध्ययन अनुसन्धान नहुदा कृषि उत्पादन र भन्डारणमा कमि आएको छ।त्यसैगरी जलवायु परिवर्तनका कारणले उत्पादनमा कमि आउने हुदा उपयुक्त मौसम अनुसार कृषि उत्पादन गर्न र लगायका बालिनालिको सुरक्षा दिन सक्ने वातावरण नहुदा समस्या भएको छ। त्यसैगरी सरकारले युवा लक्ष्यित बजेट दिन नसक्दा जुजारुक शक्ति बिदेश पलायन हुनु परेको छ र गाउँमा खेतबारी बाजो भएरहेको छ। वास्तविक किसान भन्दा अन्य प्रवेश हुने गरेकोले समस्या झन् बल्झिने गरेको छ। असली किसानको पसिना माथि राजनीतिकरण भएरहेको छ, दुःख एउटा असल किसानले गरेको छ र त्यसको फाइदा बिचौलियाहरुले लिने गरेका छन्।अनुदान खानाको लागि किसानको प्रमाण पेश गरेर किसानको पसिनाको फाइदा उठाइरहेका छन्।कृषि विकास बैंकले कृषिको लागि छुटाउने पैसा राजनीतिका बाठा मान्छेले लिन्छन,त्यसरी छरिएको बजेट वास्तविक किसानले भेट्न सकेका छैनम।

सरकारको किसान चिन्न नसक्ने कृषि नीतिका कारण किसानको भावना र चाहना काे कदर गर्न नसक्दा किसान निरास हुनु बाहेक अरु विकल्प छैन।माटोमा आफ्नो जीवन समर्पण गरेका किसानको स्वास्थ सुरक्षा,बीमा,सहुलेत ऋण तथा अनुदान कार्यक्रम लगाउनु आजको आवश्यकता हो तर अस्थिर सरकार,राजनीति,खिचातानीका कारण प्राप्त बजेट छुट्याउन नसक्नु सरकारलाई चुनौतिपूर्ण बन्दै गएको छ। विषम परिस्थितिमा पनि किसान लक्षित कार्यक्रम गर्दै अघि बढ्न आबस्यक देखिन्छ।बन्दाबन्दीकाे कारण किसान कति पीडामा परिरहेका छन्। उत्पादन गरेका समान बजारसम्म पुर्याउन सकेका छैनन्,बारीमै कुहियर जादा त्यो किसानले आफ्नो जिविकोपार्जन कसरी गर्ने। जस्ले दुःख गरेर सम्पूर्ण जिवान्तुलाई जीवित तुल्यायो त्यो नै भोकमरी हुने संभावना देखिएको छ।भूमिमा रहेको दोहोरो स्वामित्व अन्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्नु आजको आबस्यकता रहेको छ। अनुपस्थित भु-स्वामित्वलाइ निरुत्साहन गर्दै उत्पादकत्व वृद्धि गरी किसानलाई आर्थिक सुधार गर्नु पर्ने आवश्यकता छ।किसानलाई उत्सुकता बढाउँदै , सम्मानजनक रूपमा यस पेसामा आवद्ध गराउन नसक्नु नै सरकारको ठूलो कमजोरी हो।आधुनिक र वैज्ञानिक कृषि अबलम्बन गर्दै किसानलाई मध्यनजर गरेर कृषिमा लगानी नगरे सम्म कृषिप्रधान देशको नागरिक भन्ने तर छिमेकी मुलुकले उत्पादन गरेको वस्तु उपयोग गर्न र ठूला ठूला कुरा गरेर चिया पसल भरिलो बनाउने काम मात्र हुने देखिन्छ।पछिल्लो समयमा उखु उत्पादक किसानहरूले समयमै भुक्तानी नपाएको अवस्था थियो।राज्यको तर्फबाट पनि उपयुक्त पहल नहुदा उनीहरूले ठूलो आर्थिक संकट बेहोर्नु परेको थियो।कृषि औजार तथा कृषि उपकरण सहजै उपलब्ध हुन नसक्दा परम्परागत खेती प्रणाली अबलम्बन गर्नुपर्ने वाध्यता रहेको छ।उत्पादित कृषि उपजहरुले बजार भाउ नपाउँदा र सोको बजार व्यवस्थापन हुन नसक्दा म जस्ता कैयौं किसानहरूले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ।

मेरो गाउँमा मुख्यतः आलु प्रसस्त मात्रामा उत्पादन हुन्छ। तर उचित बजार व्यवस्था नभएको कारणले गएको वर्ष आलु कुहिएर फाल्नु परेको त्यो तीतो यथार्थलाई मेरो मिठो सम्झना। मेरो गौमाताको आफ्नो खुनको थोपा थोपाबाट बनाएको दूधको अमृत फाल्नुपर्ने तीतो यथार्थलाई पनि मेरो सम्झना।मेरो पौरखबाट अनगिन्ती लाभ र सुख लिँदै मोटरमा सरर हिड्ने माफिया र दलाललाई मेरो सम्झना छ।रहर थियो मेरो पनि सपना थियो मेरो पनि, वर्षौंदेखि मनमै दबिएर रहेका ती सपना र चाहनालाई मेरो सम्झना। जीवनभर उनीलाई एउटा धती र चोली दिन सकिन अनि फुटेका पैतालामा मलम लगाउन सकिन,किनकि ‘म किसान हु’,मेरा ती सबै टुहुरा रहरहहरुलाई सम्झना।छोराछोरीलाई जेटीए र कृषि पढाएर आफ्नो गाउँमा आधुनिक खेती गर्ने मेरो ती अधूरा सपनाहरुलाई सम्झना।महंगी र गरिबीले गर्दा छोरो नेपाल बस्न सकेन, खै खाडीमा के गर्दै छ रे।योग्यता भएर पनि आर्थिक अभावको कारणले उच्च शिक्षा पढाउन सकिन, किनकि ‘ म किसान हु’। ति माफियाहरुलाई पनि मुरीमुरी धन्यवाद र सम्झना।

अन्ततःकृषि सामग्री,कृषि उपजको उचित मूल्य, बजार पहुँचको व्यवस्था गरी वास्तविक किसानलाई चिनेर त्यहीअनुसार किसानका मागहरु सम्बोधन होस् भन्ने चाहन्छु।कृषिको व्यवसायीकरण, विविधिकण, आधुनिकीकरण,सम्मानजनक र नाफामुलक पेशाको रूपमा स्थापित गर्नुपर्ने आहिलेको आबस्यकताप्रति सरकार तथा सम्बन्धित पक्षको ध्यानकर्षण हुन आवश्यक छ। त्यसैगरी सरकारले युवा लक्ष्यित कार्यक्रम घोषणा गरि आधुनिक र बैज्ञानिक बिधिबाट युवालाई कृषि पेसामा आकर्षण गर्न सकेमा किसानको आर्थिक स्थिति सुधारसगै गरीबी तुलनात्मक रूपमा घट्दै जादा राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ, रोजगारी बढ्न थाल्छन, खाद्यान्नमा आत्मनिर्भर हुन्छौ। छिमेकीको नाकाबन्दी जस्तो समस्या भोग्नुपर्दैन तथा गुणस्तरहिन उपभोग बस्नु प्रयोग गरिदैन आफ्नै देशमा उत्पादन भएको वस्तु उपयोग गर्न सकिन्छ। सबैको जीवनस्तर माथी उठ्न गएमा समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न धेरै समय कुर्नु पर्दैन,अनि मात्र नेपालीको मुहारमा खुसी आउँनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments