रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु

गोरखा: धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ ।

घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उनले बताएका हुन् ।

घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments