IPM अर्थात एकीकृत शत्रुजीव व्यवस्थापन पद्दतीको इतिहास,परिचय र सिद्धान्तहरु

१९५० को दशकमा विश्वमा लागेको भोकमरीको समस्या समाधान गर्ने उद्देश्यले धेरै उत्पादन दिने धान र गहुँको खोज, कीटनाशक विषादीको प्रयोग, अत्याधुनिक बाली व्यवस्थापन प्रविधिहरु जस्ता कृत्रिम नविनतम प्रविधिहरु को अवलम्बन गर्दै जब हरित क्रान्ति अर्थात(Green revolution) को सुरुवात भयो तब धेरै हदसम्म त भोकमरीको समस्या दुर भयो तर प्रकृतिमा भने सो क्रान्तिले ठूलो दाग बसाल्यो। हरित क्रान्तिमा कीटनाशक विषादीको चरम प्रयोगले गर्दा किरा विशेषज्ञहरुले किराहरुमा बिषादी प्रतिको प्रतिरोध शक्तिको विकास भएको पत्ता लगाएपछि, विषादीको भावी प्रयोगले कृषिमा भयानक समस्या निम्त्याउने ठानेर, प्रकृतिमा यथास्थितिमा रहेको किराले किरालाइ खाने खाद्य श्रृंखलालाइ प्रयोग गरेर अर्गानिक पद्धतिमा कीराहरुको नियन्त्रण गर्ने उच्चतम जैविक नियन्त्रण विधीलाई अवलम्बन गर्दै IPM प्रविधिको विकास भएको इतिहास छ।

नेपालमा IPM को अवधारणाको सुरुवात सन् १९९७ मा सामुदायिक क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजनाको माध्यमद्वारा भएको थियो। यसलाइ एकमात्र प्रविधि नभएर प्रविधिहरुको एकमुष्ट रुप भन्न सकिन्छ। यसको प्रमुख उद्देश्य भनेको सामान्यतया कृषि बालीहरुमा देखिने विभिन्न किसिमका कीराहरुको अर्गानिक नियन्त्रण हो भन्न सकिन्छ। जसले गर्दा मानव स्वास्थ्य लगायत पशुपंक्षीहरुमा ठूलो चुनौतीको रुपमा खडा भएको कीटनाशक विषादीहरुको प्रयोग न्यूनीकरणमा ठूलो मद्दत पुगेको छ। विषादीको परिचयमा एउटा भनाइ छ, ” विषादी औषधि कदापि होइन, विषादीको काम मार्ने हो; बचाउने होइन” पछिल्लो समय यता कीटनाशक बिषादीको चरम प्रयोगले कीराहरुमा सो विषादी प्रतिको प्रतिरोध शक्ति स्थापित भएर साह्रा कृषि प्रणालीलाई नै जोखिममा पुर्याउने विशाल समस्याको हल हो IPM प्रविधि।

IPM भनेको के हो त?

Integrated pest management (IPM) अर्थात एकीकृत शत्रुजीव व्यवस्थापन एक मात्र नभएर विभिन्न पद्दतिहरुको एकीकृत रुप हो। जसमा बालीनालीहरुमा लाग्ने कीराहरुको जैविक नियन्त्रणको अवलम्बन गर्दै मानव स्वास्थ लगायत वातावरमा समेत प्रतिकुल असर पार्ने हुनाले यसको न्यूनीकरण गर्दै अर्गानिक खेती प्रणाली अवलम्बन गर्ने पद्दती हो। यसमा जैविक नियन्त्रण विधि, बाली चक्रको अवलम्बन, खनजोत, गोडमेल जस्ता विभिन्न प्राकृतिक पद्दतिहरु समावेश छ र सोही अनुरुप वातावरण मैत्रीपुर्ण तरिकाले कृषि प्रणालीलाई अगाडि बढाइरहेको छ।

यसमा विभिन्न चरणहरु समावेश गरिएका छन।

१. कीराहरुको मुल्यांकन :

सबै वातावरणमा पाइने कीराहरु शत्रुजीव अर्थात हाम्रा बालीहरुमा नोक्सान पुर्याउने खालका हुँदैनन। कीराहरुको खाने तरिकाले हामीले दुइवटा वर्गमा विभाजन गर्न सक्छौँ, शत्रुजीव अर्थात शाकाहारी जसले हाम्रो बालीहरु खाइदिने गर्छन साथै मित्रुजीव अर्थात मांसाहारी जसले तिनै शत्रुजीवहरुलाइ खाने गर्छन।

त्यसैले नियन्त्रण गर्दा मित्रुजीवहरुलाई असर नपुग्ने गरि व्यवस्था मिलाइएको हुनुपर्छ।

शत्रु जीवहरुमा धानमा देखिने फड्के कीरो, गबारो, खुम्रे कीरा, फौजी कीरा, सुलसुले आदि विभिन्न किसिमका कीराहरु पर्दछन भने मित्रु जीवहरुमा माकुरा, स्त्री स्वभावका खपटे कीरा, गाइने कीरा, चराहरु, सिम्ले कीरा आदि कीराहरु पर्दछन।

२.कार्य सिमा निर्धारण:

हरेक कीराहरु नियन्त्रण गर्न साह्रै अप्ठ्यारो पर्ने हुनाले, जुन कीराको प्रकोप बढ्दो छ र बालीहरुको उत्पादनमा असर पुर्याएको छ त्यस्तो कीराहरुको तुरुन्तै नियन्त्रण गर्नुपर्छ । कीराहरुको संख्या हेरेर कति सम्मको प्रक्रियामा जानु पर्छ भन्ने कुराको निर्धारण गर्नुपर्ने हुन्छ।
यदि संख्या थोरै छ र असर पनि न्यून छ भने आत्तिहाल्नु पर्ने चाहि हुँदैन।

३.रोकथाम :

” रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ ” भन्ने यो चर्चित भनाइ IPM प्रणालीमा पनि प्रयोग गरिन्छ। विभिन्न नियन्त्रणका उपायहरु अवलम्बन गर्नु भन्दा कीरा लाग्न बाट नै बालीलाइ जोगाउने हो भने कृषि प्रणाली चुस्त हुन्छ।

IPM प्रणालीमा अपनाइएका रोकथामका उपायहरु धेरै छन जस्तै;

.‌बाली चक्रको प्रयोग

.‌उपयुक्त जातको बीउको प्रयोग

.‌बाली लगाउन उपयुक्त समयको छनोट

.‌कीराहरुमा हुने संभोगको नियन्त्रण

४.नियन्त्रण

यसमा पनि विभिन्न विधिहरु रहेका छन।

क. जैविक नियन्त्रण

यो विधिमा कीराहरुको शत्रुको प्रयोग गरेर तिनिहरुको नियन्त्रण गर्ने गरिन्छ। परजीवीहरु, प्रतिस्पर्धी, शिकारी जीवहरुको प्रयोग गरेर जैविक नियन्त्रण गर्न सकिन्छ।

ख. खेती प्रविधि

यसमा बाली लगाउदा प्रयोग हुने विभिन्न तरिकाहरु पर्दछ्न् जस्तै;

.‌खेतबारीको सरसफाइ

.‌सिंचाइको तरिका परिवर्तन गर्ने

.‌बाली लगाउने दुरी परिवर्तन गर्ने

.‌बाली चक्रका सिद्धान्तहरुको अवलम्बन गर्ने

ग. भौतिक तरिका

यसमा भौतिक रुपमा प्रयोग हुने तरिकाहरु पर्दछन जस्तै;

.‌जालीबाट कीरा पक्रने

.‌बत्तिको फन्दामा पार्ने

.‌कीरालाइ हातले टिपेर मार्ने

.‌मोहनी पासोको प्रयोग

घ. रासायनिक विधि

रासायनिक विधिको प्रयोग यदि माथिल्ला तरिकाहरु सफल नभएको खण्डमा गरिन्छ। जसमा रासायनिक मोहनी पासो देखि लिएर कुनै निश्चित कीराको नियन्त्रण गर्नका लागि प्रयोग हुने विषादी पर्दछ।

तर एउटा कीराको लागि बनेको निश्चित विषादीले अन्य जीवहरुमा कुनै असर पार्न हुदैन ।

IPM पद्दतिआवश्यकता र महत्त्व :

‌यो पद्दति वातावरण मैत्री रहेर वातावरणलाई यथास्थितिमा चलायमान गराउने हुनाले पछिल्लो समय यसको महत्त्व बढ्दो छ।
‌कीटनाशक बिषादीको चरम प्रयोगले निम्त्याएको मानव स्वास्थ्य देखि पशुपंक्षीहरुमा देखिने नकारात्मक प्रभावको न्यूनीकरण गर्ने हुनाले यसको आवश्यकता पनि उत्तिकै छ।

‌कीराहरुमा विकास भएको विषादी प्रतिको प्रतिरोधात्मक शक्तिले गर्दा दिनानुदिन बढिरहेको विषादीको प्रयोगले कृषि प्रणालीमा नै ठूलो चुनौती दिइरहेको बेला उच्चतम प्रविधिको रुपमा IPM विकास भइसकेको छ।

Writer: Madan Kandel (Student, Bsc. Ag IAAS Paklihawa Campus)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments