कसरी पाउने कृषिमा सफलता ?

युबराज भण्डारी

नेपाल कृषि प्रधान देश हो। नेपालको कुल क्षेत्रफल १४७,५१६ वर्ग कि.मि. मध्य ३०९१ वर्ग कि.मि. (३०९१००० हेक्टर) खेतियोग्य जमिन छ भने खेति नगरीएकॅ खेतियोग्य जमिन १०३० वर्ग कि.मि. (१०३०००० हेक्टर) रहेको छ।

केन्द्रीय तथ्यांक विभागको २०७४/७५ को तथ्यांकअनुसार कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादन २७.५९% छ तर यो कृषि प्रधान देशको हिसाबले हेर्दा धेरै कम हो। नेपालमा ६५.६% जनसंख्या कृषि पेसामा आवद्ध छन् तर अधिकांश जनताहरू कृषि पेसामा आवद्ध भएतापनि आफुलाई ६ महिनालाई हुने खाद्यन बाली उत्पादन हुन सकेको छैन् । नेपाल सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागी आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको १.५९ प्रतिशत (३४ अरब ५० करोड) रकम विनियोजन गरेको छ।

कृषि पेसामा सफलता कुनै संयोगले हुने कुरा होइन। यो त एउटा योजना, लगन, धैर्यता, निरन्तर मिहिनेत र बजारमुखी कृषि व्यवसायको परिणाम हो ।
आफुलाई पुग्ने अर्थात निर्वाहमुखि कृषि पद्धतिले गर्दा हामी र हाम्रो कृषि पेसा नाफामुलक बन्न सकेन । जस्ले गर्दा हाम्रा किसानहरू आफ्नै पेट भोर्न सकेका छैनन् । कृषि प्रधान देशमा खेतीपाति गर्ने किसानहरु भोकभोकै बस्नुपर्ने कुरा अत्यान्तै दुखत पक्ष हो। निर्वाहमुखी वा गुजारामुखी कृषि पद्धतिलाई परिवर्तन गरी कृषि व्यवसाय वा कृषि उद्यमी बनाउनु सबैभन्दा ठुलो चुनौती हो ।

एउटा सफल कृषक बन्नाका लागी एउटा योजना, लगन, धैर्यता, निरन्तर मिहिनेत र बजारमुखी कृषि व्यवसायको तिव्र इक्षाशक्ति हुनु आवश्यक छ। कृषि पेसामा लागेका किसानहरु आफ्नो खेतिपातीमा र उक्त उत्पादित खेतीपातीलाई बेच्नको लागी बजारमुखी हुनु अत्यन्तै आवस्यक छ । एक जना साधरण किसान कृषि पेसामा सफलता प्राप्तिको लागी आफुमा गर्नुपर्ने परिवर्तन यस्ता हुन सक्दछन :

१.लगाव (प्यासन): कृषि पेसामा सफलता प्राप्त गर्नको लागी इच्छा भएर मात्र हुँदैन । म गर्न सक्छु भन्ने दृढता पनि हुनु जरूरी छ। कुनै व्यक्तिले आफुलाई मन परेको क्षत्रमा काम गर्दैछ भने लगाव अनि निरन्तरता दिन सक्नुपर्छ जस्ले गर्दा अझ बढी उत्पादन गर्न मद्दत गर्दछ ।

२.आत्मविश्वासी: एउटा भनाई छ “यदि तपाई आफैमा विश्वास छैन भने अरू कस्ले तपाइलाई विश्वास गर्ला।” कृषि पेसा गर्न चाहनेहरूले अनुभवी कृषकहरूको सल्लाह लिन जरुरी हुन्छ तर आफ्नो आत्मविश्वासलाई कमि पनि हुन दिनु हुँदैन । आफु प्रति विस्वास नभई अरूले भनेको कुरालाई सहि मानेर अगाडी बढ्दा घाटामा जाने सम्भावना धेरै हुन्छ । आफु सफल हुन्छु र म गर्न सक्छु भन्ने पूर्ण बिश्वासका साथ आफ्नो कामलाई निरन्तरता दियो भने मात्र सफल बन्न सकिन्छ । आफ्नो क्षमता प्रति विश्वास गर्नु र आत्मविश्वासका साथ काम गर्नुलेनै सफल कृषक बन्नका लागी आबस्यक हुन्छ ।

३.लक्ष निर्धारण, निरन्तरता र धैर्यता: कुनै पनी कार्यमा सफल हुनका लागी कर्म गर्दा योजनाबद्दरूपमा गर्नु पर्छ । सफल कृषकले के उत्पादन गर्ने, कहिले उत्पादन गर्ने, आफुले गर्न लागेको काम पुरा गर्न के-के गर्ने भन्ने कुराहरू पहिलेनै लक्ष निर्धारण गरि कार्य गर्नु पर्दछ । कार्य गर्दा सानोतिनो समस्या वा बादलाबले आतिने हुनुहुदैन, सुरूमा घाटामा गएपनि आफु सग्दो प्रयास गरी धैर्य गरेमा सफल बन्न सकिन्छ । कुनै पनि समस्या आइपरेमा धैर्य गरी राम्रो संग समधान गर्न सक्ने हुनुपर्छ । छिटै नाफा खोज्ने अनि घाटा भयो भन्दैमा निरास हुनेहुनु हुदैन ।

४.सुचनाको खोजि: कृषकले आफ्नो कृषि पेसा सम्बन्धित सुचना वा जानकारीहरूको बारेमा धेरै भन्दा धेरै चासो राख्नु पर्छ । आफ्ना ग्राहकहरू को को हुन, उनिहरुको रूचि वा प्रथामिकता कस्ता उत्पादनमा छ, बजार कहाँ छ, कसरी आफु फाइदाजनक हुन सकिन्छ, उचित प्रबिधि कहाँ छ र सरकारी, गैरसरकारी या निजि क्षेत्रले के सहयोग दिएको छ आदि कुराहरुमा कृषक चनाखो हुनु नितान्त आवश्यक छ।

५.निर्णय क्षमता: कृषि क्षेत्रमा अगाडि बढिरहेका कृषकहरुमा काम गर्ने क्रममा विभिन्न समस्याहरु आइपर्छन र ति समस्याहरु समधानका लागी कृषकले उचित समयमा उचित प्रकारको निर्णय गर्नु पर्ने हुन्छ । यसरी निर्णय गर्दा खास समस्या के हो, त्यो समस्याको कारणहरु के के हुन र समस्याका समधान कुन-कुन तरिकाबाट गर्न सकिन्छ भनेर बिभिन्न बैकल्पिक उपायहरु खोजी गर्नुपर्दछ ।

६.सहि व्यवस्थापनको सिप: कृषि पेसालाई दिगो रूपमा नाफामुलक बनाउन आफ्नो व्यवसायको समुचित प्रबन्धक गर्न नितान्त आवश्यक कुरा हो। कृषि पेसामा खरिद तथा बिक्री साथसाथै चल्छन्। आफ्नो उत्पादन बढाउनको लागी सामानहरूको खरिद गर्नु पर्ने हुन्छ, यस्को लागी उक्त सामानहरू कहिले? कहाँबाट? र कसरि किन्ने भन्ने कुरा समयमा नै निर्णय गर्नुपर्ने हुन्छ र आफ्नो उत्पादनलाई बडारमा बेच्नुपर्ने हुन्छ, त्यसकारण कहिले, कहाँ, कसद्बारा बिक्री वितरण गरेर धेरै आम्दानी लिन सकिन्छ भन्ने कुरा उत्पादकले समयमा नै सोच्नुपर्ने हुन्छ । खासगरी पैसाको सहि सदुपयोग गर्नु पर्छ, त्यसका साथसाथै मेसेनरी सामान, कर्मचारी, ग्राहक आदि सबै कुराहरूलाई सहि ठाउँमा, सहि समयमा, सहि तरिकाले राम्रो संग व्यवस्थापन गर्न सक्ने हुनुपर्छ ।

अन्त्यमा, कृषि उत्पादनका साधनहरू भूमि, श्रम, पुँजी र प्रबन्धलाई उचित प्रयोगद्वारा धेरैभन्दा धेरै उत्पादन कसरी गर्ने र त्यसबाट धेरै फाइदा कसरी कमाउने भन्ने कुरा किसानले जान्नुपर्ने हुन्छ । किसानले उत्पादनका साधनहरूलाई आपसमा कुन स्तरमा मिलाउने ? अथवा साधनहरूलाई कुन अनुपातमा राख्ने ? उत्पादनका कस्ता प्रविधि अपनाउने ? उत्पादनलाई कसरी बेच्ने संक्षेपमा उत्पादन र वितरणका सबै साधनलाई कुशलताका साथ प्रयोग गरेर धेरैभन्दा धेरै नाफा कमाउनुपर्छ । त्यो कुरा पूरा गर्न कम खर्चमा धेरै उत्पादन गर्ने आर्थिक सिद्धान्तहरूको ज्ञानविना एउटा साधारण किसान परिवर्तन भएर कृषिमा सफलता प्राप्त गर्न सक्दैन । त्यसैले शिक्षित बेरोजगार युवाहरूलाई विशेष सुविधा र अनुदान दिएर कृषि पेसामा आकर्सित बनाउनु आजको आवश्यकता बनेको छ । कृषि पेसामा सफलता प्राप्त गर्न बाली विमा अती आवश्यक हुन्छ । त्यसैगरी परम्परागत कृषि प्रसार र अनुसन्धान कार्यक्रमलाई परिवर्तन गरेर किसानका लागि बजार र प्रविधि ग्यारेन्टी गर्ने खालको हुनुपर्छ । विदेश गएर प्रविधि र सीप लिएर आफ्नै देशमा केही गरौ भनी कृषिमा लगानी गरिरहेका सयौं युवा किसानहरूको भविष्य सुनिश्चित हुनुपर्छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments