दूधमा किसानलाई चरम शोषण/कालोबजारीको मारमा उपभोक्ता

चितवन :भरतपुर महानगरपालिका ७ प्रेमवस्तिका किसान आनन्द न्यूरे निराश छन् । उत्पादनको लागत मुल्य पनि नपाएपछि के आम्दानीले घरखर्च धान्ने भनेर चिन्तित बनेका हून ।

‘फर्ममा ३५ वटा गाई छन् । दैनिक दुई सय ५० लिटर दुध हुन्छ । बिक्री गर्दा लागत मुल्य पनि पर्दैन । डेरी उद्योगहरु ४० रुपैयाँमा दूध खरिद गर्न आउँछन् । हाम्रो ५३ रुपैयाँ हाम्रो लागत मुल्य पर्छ ।’ न्यूरेले भने, ‘त्यही पनि खेर फाल्न भन्दा दिनुपर्छ ।’ मासिक डेढ लाख रुपैयाँ पराल खरिदमा नै खर्च हुने उनले बताए । १४ बर्ष अघि उनले यूनिक गाई फर्म नाम दर्ता गरेर गाईपालनमा लागेका हुन् ।

उनले डिडिसिलाई दुध विक्रि गर्दथे । तर नियमित दूध संकलन हुन नसक्दा स्थानीय डेरीमा सस्तो मुल्यमा बिक्री गर्नुपरेको उनले बताए । न्यूरेको जस्तो समस्या चितवनका किसानहरुले खेपिरहेका छन् । नियमित दूध खरिद गर्दै आएका डेरी उद्योगहरुले निषेधाज्ञामा खरिद नगर्दा सस्तोमा दिनु परेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताए । ‘दूधको न्यूनतम मुल्य ५३ रुपैयाँ हो । अहिले ४० रुपैयाँ सम्म किसानहरुले बेच्नु परेको छ ।’ उनले भने, ‘डेरी उद्योगहरुले अप्ठ्यारो अवस्थामा किसान र उपभोक्ताहरुलाई समस्यामा परेका छन् ।’

किसानबाट उपभोक्तासम्म पुग्दा दूधको मुल्य २ गुणाले बढेको छ । ‘लकडाउनको समयमा उद्योगहरुले समस्या देखाएर हामीबाट ४०देखि४५ दुध खरिद गर्ने गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, ‘उपभोक्ताहरुले ८० रुपैयाँमा खरिद गर्नु परेको छ ।’ चितवनमा ३ सय ५० डेरी पसल रहेका छन् । उनीहरुले अहिले निषेधाज्ञाको कारण देखाई सत प्रतिशत नाफा खाएर बिक्री गरिरहेको उनको भनाई छ ।

चितवन ५० देखि ६० हजार किसानले दूध बिक्रि गर्ने किसान छन् । यहाँ दैनिकी ३ लाख १५ हजार लिटर दूध उत्पादन हुन्छ । सो दूध चितवनका १ सय १० सहकारीले संकलन गर्दछन् । सहकारीले प्रतिलिटर सरदर प्रतिलिटर साढे तीन रुपैयाँ नाफा राखेर डेरी उद्योग तथा डिडिसिलाई बिक्री गर्दथे । चितवनमा उत्पादित दूध मध्ये ४५ प्रतिशत दुध चितवनमा खपत हुन्छ । तर, निषेधाज्ञामाको समयमा डेरी उद्योगहरुले न्यूनतम लागत पनि नदिएको सापकोटाले बताए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सहसचिव मणिप्रकाश खतिवडाले अहिले डेरीमा देखिएको अनियमितालाई राज्यले हेर्नुपर्ने धारणा राखे । यस्तो अवस्थामा हामीलाई दूध ४०मा बिक्रि गर्न कुनै समस्या होईन । तर, सत प्रतिशत नाफा खाएर नबेच भन्ने हो । उनले भने, ‘अहिले अप्ठेरो परिस्थिति देखाएर उद्योगहरुले सस्तोमा दूध खरिद गरेको छन् । तर, उनीहरुले दूध त फाल्नु परेको छैन । भनेपछि यहाँ कालोबजारी त भएकै छ ।’

अहिले व्यवसायीले सस्तोमा सबै दुध उठाईदिने उनले बताए । सरकारले खरिद मुल्यको अधिकतम २० प्रतिशत नाफा खाएर बेच्नुपर्ने नियम राखेको छ । तर, यहाँ डेरी पसलले सत प्रतिशत नाफा खाएर बेच्दै आएको छन् । यसरी अनियमिता बढ्दै गए किसानहरु आन्दोलनमा जान सक्ने उनले बताए । ‘अहिले किसान पर्ख र हेरको अवस्थामा छन् ।’ उनले भने, ‘किसान आन्दोलनमा जान सक्छन् ।’

चितवनमा डीडीसीका ८ र निजीक्षेत्रका करिब १० वटा र सहकारीका २० वटा चिस्यान केन्द्र छन् । यी चिस्यान केन्द्रमा एक दिनको दूध मात्रै राख्न सकिन्छ । जसकारण पनि दूधबाट बन्ने मख्खन उत्पादन गर्न नसकिएको संस्थाका सहसचिव खतिवडाले बताए ।

चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । जसबाट ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैया नोक्सान भएको संघले बताएको छ । यस अवधिमा यसअघि ७७ लाख ९६ हजार २५० लिटर दूध बिक्री हुन्थ्यो ।

निषेधाज्ञाका कारण २ वटा सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी १५–२० दिनसम्म बन्द भएका थिए । -कालिकान्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments