जंगली च्याउ

च्याउ ढुसी बर्ग अन्तर्गत पर्ने परजीवी बनस्पति हो। यस्को कृतिम उत्पादन तराइ देखि उच्च पहाड सम्म तापक्रम तथा अन्य आवश्यक तत्वहरु मिलाएर लगभग बर्ष भरी नै गर्ने गरिन्छ। नेपालमा दस प्रकारका च्याउहरुको व्यावसायिक उत्पादन गरिन्छ,पछिल्लो समय बिशेषत युवा कृषि उध्यमीम माझ च्याउ ब्यबसाय निकै लोकप्रिय छ,कम लाग्त ,छोटो समयमा उत्पादन हुने,कम जग्गामा पनि सजिलै गर्न सकिने यस्को लोकप्रिययताका पक्ष हरु हुन-कन्ये,गोब्रे पराले च्याउ हरु व्यावसायिक रुपमा उत्पादन गरिने मुख्य च्याउहरु हुन।

त्यसो त च्याउ खानका लागि बर्षायाम कुरिरहनु पर्दैन तथापी बर्षायामको सुरुवात भएसंगै जंगलबाट च्याउ खोजेर ल्याउने खाने प्रचलन गाउघरमा रहेको पाइन्छ। संसारमा तीन हजार आठ सय प्रजातिका च्याउहरु पत्ता लागेका छन जस्मा दुई हजार च्याउ खान योग्य छ्न भने एक हजार च्याउहरु बिषालु च्याउ भेटिएको अध्ययनले देखाउछ।जंगलमा थुप्रै प्रकारका खान योग्य स्वादिष्ट च्याउहरु पाइन्छ यधपी नचिनेर च्याउको सेवन गर्दा यस्ले ज्यानै समेत जोखिममा पार्ने गर्छ। सानो सावधानी अपनएमात्र पनि त्यस्ता बिसाक्त च्याउहरुको सेवन बाट वचन सकिन्छ।नेपालमा पनि बर्षायाममा जंगली च्याउको सेवनको कारणले बर्सेनि कयौ मानिसहरुको ज्यान गएको देख्दै र सुन्दै आइरहेका छौ। जंगलमा काठका ठुटा,पात पत्तिङर कुहिएको ठाउँ,रुखमुनी माटोको ढिस्को वरिपरि सजिलै संग जंगली च्याउ उम्रीएको हामी देख्न सकिन्छ।

कुन च्याउ खान योग्य छ कुन च्याउ खान अयोग्य च्याउ छ भनेर पहिचान गर्ने मुख्य तरिका भनेको नै च्याउको अवलोकन हो।सामान्यतया हेर्दा हर्लक्क बढेका,आकर्षक लाग्ने,रंगिन च्याउहरु बिषालु हुन्छ्न। बिषालु च्याउहरु मा हत्तपत्त किराहरुले तथा रोगको संक्रमण हुदैन,यिनिहरु निचोर्दा सेतो दूध जस्तो पदार्थ आउँछ,च्याउ भाच्दा चोप आएमा वा छुदा त्यस्को रंगमा परिवर्तन आएमा उत्त च्याउ बिषालु हुन्छ।

गाउघरतिर बर्सेनी बर्सायामको समयमा जंगली च्याउ खाइन्छ। बिगतदेखी नै बुढापाकाहरुले पहिचान गरेको स्थानका सतप्रतिशत कन्फर्म भए मात्र च्याउ खानुपर्छ,कुनै स्थानमा खान नमिल्ने च्याउपनि हावापानी को परिवर्तनले गर्दा खान मिल्ने संग संगै रहेका हुन सक्छ्न,नया प्रजातिका च्याउहरु हेर्दानै रहरलाग्ने र खाउखाउ हुने नचिनेका च्याउहरु खानुहुदैन। बिषाक्त च्याउले ज्यानै जाने सम्मको जोखिम निम्त्याउने हुदा नबुझिकन,नजानिकन,असोधिकन र नचिनिकन जंगली च्याउ खानुहुदैन।

Writer: Bishal Kandel (6th sem Student, Rampur Campus)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments