किसान : “न सरकार मेरो खेतबारीमा आयो न म सरकार धाउन सके “

ए सरकार,

हजुर बन्द कोठामा बसेर कृषिमा क्रान्तिको लागि जति अरबौ बजेट छुटाउदा पनि कृषिको बार्षिक वृद्धिदर बढेन भन्दै पुन आधुनिक, व्यवसायिक र यान्त्रिकरणको लागि बजेट छुटाउदै हुनुहुन्छ अरे। समग्र ६०.२०% कृषिमा संलग्न जनसंख्य़ामा म आफु पनि पर्दो रहेछु ,अनि म कृषक थाँहा पाउनुभयको हजुरले मेरो लागि खोइ त समयमा आवश्यक बिँउ बिजन,मल ,कृषिऔजर, वजार, अनुदान,यावत यावत कुरा उपलब्ध गराउनुभएको ?

ए सरकार,

हजुरलाई न मेरो खेतबारीमा आउने फुर्सद छ,न कुनै कृषिबिज्ञ मेरो खेतबारीसम्म आउन भ्याउनुभयो कि नाई त्यो सूचना दिने नीयमक सस्था छ। सुनेको छु ,कृषिबिज्ञहरु कृषिज्ञानकेन्द्रमा उपलब्ध हुनुहुन्छ अरे ! तर के गरु बिवश छु ,कृषिज्ञानकेन्द्र तिर जाऊ कि खेत बारी तिर जाऊ म? अनि केहि समय मिलाएर कृषिज्ञान केन्द्र तिर गए भने पनि केन्द्रका सर म्यामहरु हजुरलाई भेटन जानुभाएको हुनुहुदोरैछ। कुनै क्याविन त सधै खाली खाली नै देख्छु ,सोध्दा उच्च शिक्षाको लागि बाहिर जानुभएको छ भन्नि सुन्छु ।मन मनमा लाग्छ,नगरपालिका र जिल्लामा भएर पनि किसानको खेतबारी सम्म आउन नसक्ने कर्मचारी कयौँ घण्टा पार गरेर विदेश सम्म जान सक्नुहुने रहेछ ।

आखिर किसानको खेतबारीमा गएर आलुप्याज यसरी लगाउनुपर्छ भनेर सिकाउन सक्नु हुदैन,अनि झुकिएर खेतबारीमा आउनुभयो भने फुल फुलेको छ, अब फल लाग्छ भने कृषिबिज्ञहरुको घोकन्ते बिधाको आवश्यकता नै के पर्यो र हामी लाई ?हुन त आफ्नो देशमा उत्पादित कृषि सामग्रीको प्रयोग गरेको भए पो देश अनि माटोको अलि अलि माया लाग्छ,देशलाई कसरी आत्मनिर्भर बनाउँनुपर्छ भन्ने लाग्छ। आफु आत्मनिर्भर र रिटायर भएपछि पनि पन्सेन आऊछ भन्ने आशले छिरेको जा अनि गिर पेशाले के सच्चा किसानको सेवा, देश र किसानलाई आत्मनिर्भर बनाउन सक्छ होला त?

ए सरकार,

हजुर आधुनिक कृषिको कुरा गर्दै हुनुहुन्छ । खोइ खेतबारी बाँझो छोडे देउता रिसाउँछन् भन्दै बाले गोठमा छोडेको एक हल गोरु, हलो,साहा,जुहा,टापु आदि छोड्न नसकेर हो कि? म यही पुर्ख्यौली कृषिकर्म गर्दै छु ।हजुर नेपाल भौगोलिक विविधता भएको देश हो भन्दै भन्नुहुन्छ अनि हलगोरु एक फन्का लगाउन पनि नमिल्ने मेरो बारीको पाटोमा म कसरि ट्याक्टर प्रयोग गर्न सक्छु र ?

हजुर आधुनिक कृषिको लागि कृषि यंत्रीकरणमा जोड देउ भन्दै ट्याक्टर, power tiller,thresher को प्रयोग गरौ भन्नुहुन्छ ।अनि भूगोलमा विविधता भएको मुलुकमा,भूगोल सुहाउँदो कृषि यन्त्र प्रयोग गर्नुपर्छ कि खेतबारीको पाटाहरु बिराएर भएपनि अल्ली चाक्लो बनाएर ट्याक्टर नै पर्योग गर्नुपर्ने हो अलि बुझ्नै सकिन नि मैले ? पहाडी भूगोलमा असारको वेला म कसरी साउ चढेर कृषिकर्म गर्दै छु ,त्यो हजुरलाइ के थाहा ?हजुर त धेरै माथि बस्नुहुन्छ,त्यो उचाइबाट किसानको दुःख कहाँबाट देखिन्छ होला र है ?

मैले गर्दै आएको कृषिमा प्रयोग हुने हलो,साहा,फाली ,कोदालो, फाली ,अनो,करुवा, जूवा, नइरो, आदि को बारेमा त मलाई अलि अलि थाहा छ | खेतमा हल नार्दै गर्दा फालीले गहिरो जोत्न सकेन भने आरन बाट अर्जापेको फाली त मा फेर्न सक्छु , जोतदा जोत्दै हलोको अनो भाचियो भने पुन अर्को नयाँ अनो बनाएर रोपाई त गर्नसक्छु तर power tiller को नट खस्यो भने पनि फेर्ने ज्ञान छैन म मा ! खेतालाको अभावको अवस्थामा power tiller नचल्दा, बीचमै पेट्रोल भयाइएको वेला मसँग कुनै विकल्प हुँदैन| गाउँमा २-४ वटा power tiller त देखछु ,प्रत्यक वर्ष गोरुको संख्या घटेकोपनि थाहा छ मलाई ,अनि खेतको आठोमा power tiller थन्क्याएर ,ए साइला दाई हजुरको गोरु फुकाइदिन पर्यो ,मेलो त आजै नै भयाउन पर्नी भयो भन्दै मेरै गोठका सहयोग गरेको मैले भूलेको छैन |

ए सरकार,

customer hireing services जब सम्म मेरो गाउँसम्म पुग्दैन कृपया यांत्रिकरणको हावा पनि नपठाईदिनु न है ! ज्ञान बिनाको बिज्ञानले साहजता भन्दापनि बडी उल्झन परेको स्पस्ट देखेको छु। आरनका ठुल्दाईको services center ले त सधै हामीलाई समयमै services दिएकौ थिए ,अहिले त समय सपक्ष्य services दिन नसक्दा उनको पुर्खेउली बेबसायनै धराप मा परेको छ |

अनि अर्को कुरा,

बिहान रेडियोमा अब कृषिमा क्रान्ति गर्नुपर्छ , नवीनतम परबिधि प्रयोग गर्ने होइन त भन्दै hydroponics, aeroponics को विज्ञापन सुन्दै थिए। मन मनमा हासो पनि लाग्यो,अनि यो विज्ञापन नै होस् भन्नि पनि लाग्यो। खेतीयोग्य जमिन फ्लर्टिङ गरेर र rcc building बनाएपछि घरको छतमा hydroponics plant राखेर विदेशी nutrient A, B.. राखेर फलयको lettuce साग ले मात्र त कृषिमा क्रान्ति हुदैन होला नि ? खेतीयोग्य जमिनमध्ये १ हजार ३० हेक्टर खेती नगरी बाँकी नै छ। सरकार हाम्रो देशमा अहिले नै एस्तो प्रबिधि आवश्यक छ र ?

हरेक बर्ष जेठ १५ अनि असार १५ मेरो लागि अल्ली खास लाग्छ। जेठ १५ बजेट भाषाण , अनि असर १५ मानो छरेर मुरी उब्जाउनी दिन। सन्धर्भ जेठ १५ ,खेतको आली मा बसेर रड़ियो सुन्दै थिए ,एकासी अर्थमन्त्रिले कृषि लाई प्रमुख प॒थमिकता‌‍ राखेर अर्बौ बजेट छुटायको छु भन्दै हुनुहुन्थ्यो ,अनि सोचे यतिका बर्षको बजेटले पनि खोइ त कृषिमा के नै परिबर्तन गरेको छ र?

बजेटमा आनुदन र कृषि कर्जा पनि पाइन्छ भन्ने सुनेको थिए तर आनुदन त हामी जस्तो साना किसनको लागि रहेनछ मात्र प्रमािणत हन्छ हरेक साल । सरकार मेरो गाउसम्म एकचोटी भए पनि आउनु न है। अनि हजुरले मा जस्तो किसन लाई भनेर पठाएको अनुदान को कार्यक्रम हामीसम्म अएछ कि नाई भन्ने छर्लङ्ग थाहा पाउनुहुन्छ। जुन कार्यक्रम हाम्रो हात सम्म अइपुग्दैन त्यो शीर्षकमा बजेट छुटाउनु कि नछुटाउने बुज्नुहुन्छ। हुने खाने अनि पहुचावालाले त जता बाट भए पनि फाइदा को बाटो भेट्टाइ हाल्छन् मारमा पर्नि त हामी नै हो , तसर्थ असलि किसन पहिचान गर्न को लागि की कदम चल्नुहुन्छ कि ?

संगै हजुर भूगोल सुहाउदो कृषि उत्पादन गर्नुपर्छ भन्नुहुन्छ तराईमा खाद्यान्न, पहाडमा फलफूल अनि, हिमाली भेगमा जडीबुटी, गर्नसके प्रतिहेक्टर जमिनको उत्पादकत्व बढाउन सकिन्छ पनि भन्नुहुन्छ। अनि बर्षको दुई वालि आलु र भागो फल्ने मेरो बारीको पाटो म आलु फलाएर बजारसम्म त पुर्याउला, तर भाँगो फडानी गर्न प्रत्येक वर्ष किन प्रहरी प्रशांसन पठाउने गर्नुहुन्छ। मसँग कृषि बाहेक अर्को कुनै पेशा छैन, मेरो बारीमा उपयुक्त कुन बालि फल्छ भनेर अनुसन्धान गरिदिनुपर्यो | मेरो आर्थिक जिम्मेबारी केलाइदिन सक्नुहुन्छ कि येति गर्नसक्नुहुदैन भने हजुरले मेरो बारीको कृषि उत्पादन फडानी र कटानीको स्वामित्व मलाई नै दिनुहुन्छ कि?

२-३ वर्षसम्म मकै ,कोदो नलगाएर गुणस्तरीय बेसर उत्पादन गरेपछी , जब आफुले खाएर रहेको थोरै बेसार बजारमा बेचौ न भन्दा ,उध्योग वाणिज्य सङ्घका बजार अनुगमनकर्ताले खोइ त हजुरको बेसारको प्याकेटमा उत्पादित मिति, expiry date, उपभोक्ता मूल्य, प्रतिप्याकेट तौल, अनि अर्को प्रश्न गर्नुहुन्छ त्यो हो उत्पादकको नाम अथवा उत्पादक गर्ने उधोग ? यो प्रश्न खड्किनछ मेरो मनमा , मलाई थाहा छ म नै उत्पादक हो। म नै उत्पादक हो भन्न त भनौला तर के पत्याउनुहुन्छ अनुगमनकर्ताले ? Tag मा उत्पादक को नाम नदेख्दा बीच बाटैमा फालिदिने ति कर्मचारीहरु , अनि कतिखेर सामान नष्ट गर्छन् र फोटो खिचेर समचार बनाउला भनेर कुरेर बस्नु भएको पत्रकारहरुलाई त्यो सामान उत्पादन गर्न कति मेहेनेत, श्रम, पसिना, समय खर्च हुन्छ के थाहा ? हरेक असार मसान्त सम्ममा घरेलु, राजस्व कर कार्यालय ध्यापछिपछि मात्र उत्पादक मा आफ्नो नाम राख्न पाउने रहेछु, यो कस्तो व्यवस्था? प्रत्येक वर्ष उत्पादन होस् नहोस् ,जग्गा बाँझै रहोस ,त्यसको तिरो त म तिरिरहेको छु , अलिकति उब्रेको बेसार बेच्न निस्किदा मेरो समानको तेस्तो अवस्था भएपछि के म व्यवसायिक कृषि नै गर्नुपर्छ पढ्ने सोचौंला त?

अनि अर्को सन्धर्भ, गाँउबाट आफन्ती भेट्न तराईसम्म हिंडेको म, हरेक चेकपोष्ट आउँदा मनमा डर लाग्छ ?आफन्तीको मन राख्न भनेर पहाडबाट तराईसम्म हिडालेको भागो को दाना अनि छोप कतै फयाकिने त हैन? म अचारमा प्रयोग गर्नको लागि भागो हिडालेको को हुन्छु , प्रशासन गाँजाको बीऊ हिडालिस भन्दै अबैधानिक वस्तु ओसारपसार गरेको भनेर checkpost मै फालीदिनुहुन्छ। माटो सुहाउँदो नगदे बाली उत्पादन गर्दा रोक्ने नियमले, सधै खाद्यान्न मात्र उत्पादन गरेर कुन मुलुकले आर्थिक उन्नति गरेको छ, प्रतिव्यक्ति आय र गरिबीको रेखामुनि रहेको किसानको जनसंख्या घटाएको छ त्यो पनि भनिदिनुस् न।

अनि अर्को कुरा ,व्यवसायिक कृषि उत्पादन तथा प्रबन्धन भन्दै एक गाउँ एक उत्पादन भन्ने कार्यक्रम त अगाडि बढाउनुभयो, यस कामप्रति म आभार व्यक्त गर्दछु। प्रत्येक उत्पादनको बजारीकरणको व्यवस्था कसरी गरिराख्नुभएको छ, हजुर मलाई स्पष्ट पार्न सक्नुहुन्छ ? के प्रत्येक उत्पादित वस्तुले उचित मूल्य अनि बजार पाएको छन् त? पल्लाघरे दाई ले २० रुपयाँ प्रतिकेजीमा आफ्नै सुन्ताला बगानबाट व्यापारीलाई बेच्नुभयो। किसानको घरदैलोमा नै व्यापारी आएपछि कृषि उत्पादन कुहिएर फाल्नु परेन भन्दै मख्ख परेका पल्ला घरे दाइ त्यतिखेर अचम्मित भए, जब उनकै अघि व्यापारीले उपभोक्तालाई प्रतिकेजी १०० – १५० सम्म मूल्यमा सुन्तला बेचे। वर्षभरिको मिहिनेत, सिचाई , मल , रोग किराबाट बचाएको फल उचित मूल्यमा बिक्री गर्न नसक्नु उनको कमजोरी हो। म मान्छु, तर उत्पादित वस्तु बजारसम्म डोकोमा बोकेर सधै हिँड्न पनि सक्दिैनउ हामी।

व्यवसायिक कृषिको लागि पहिले उत्पादित वस्तुले उचित बजार अनि मूल्य पाउनुपर्छ भन्ने पनि थाहा होला त हजुरलाई? तर किन किसानको मर्म बुझ्नु हुँदैन? जब उत्पादनले उचित मूल्य पउछ नि हामी किसनलाई पनि कृषि कर्म गर्न रहर लाग्छ। हाम्रो उत्पादनले आफु मात्रै होइन अरुको पेट पनि भोर्दै छौ भन्नि लाग्छ।

बिचौलिया भन्नु कि व्यापारीहरु हजुरहरुलाई पनि अनुरोध गर्छु, अलिकति त लाज पनि मानिदिनु न। हजुरले धेरै मुनाफा लिन मिल्ने ठाउँ अरु पनि होलान्, प्रत्येक छाकको रोजीरोटमा त यति धेरै फाइदा लिनुपर्छ र? हजुरहरूको कारणले गर्दा उपभोक्ता कुपोषणको शिकार हुन बाध्य छन्। हुनेखाने उपभोक्ता त जति महंगो भएपनि किनि हाल्छन्, तर निम्न आय भएका हुँदाखाने उपभोक्ताले महंगो हालेर कमै खान्छन्।

प्रत्येक छाक भात, रोटि,दाल , तरकारी,फलफूल, दूध, मासु अन्डा खान पाए कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन मिनरल , आदि को मात्र पुग्छ। हजुरहरूको मनग्य फाइदा कमाउने होडबाजीले गर्दा कैयौं मानिस कम खानामै दैनिकी गुजारिरहेका छन्। उनीहरूको स्वास्थ्यमा पर्न गएको प्रतिकुल असरको कारणले देशले अस्वास्थ जनसंख्या उत्पादनको गरिरहेको छ।

ए सरकार

मुल्य श्रृंखलामा जति कम बिचौलिया भए त्यति किसान र उपभोक्ताले उचित मूल्यमा उत्पादनको बिक्री तथा खरिद गर्न पाउँछन् भन्ने कुरा हजुरलाई पनि थाहा होला तर किन यस विषयमा उचित निर्णय लिनुहुँदैन? हाम्रो सम्पूर्ण उत्पादन हजुरले गाउँ- गाउँमा संकलन गरेर उचित बजार व्यवस्थापन पनि गर्न सक्नुहुन्छ त? एति गर्न सक्नुभयो भने, सरकार! हजुर पनि हुनुहुन्छ भन्ने ढुक्क त हुने थियो। अनिमात्र हामी व्यवसायिक कृषि गर्ने सोचमा लाग्ने थियौ।

जब बाटै पिच्छे काँडा नै काँडा हुन्छ नि गन्तव्यसम्म पुग्न पनि धेरै समय लाग्ने रहेछ। पुग्न त गन्तव्य सम्म पुग्नु नै छ। नेपाललाई समृद्ध, आत्मनिर्भर राष्ट्र बनाउन छ। सँगै मिलेर यात्रा अगाडि वढाउन न है,हुँदैन? हजुर केहि काँडा हटाउँदै जानु। म मेरो बाटोको केही काडा हटाउँदै जान्छु। सँगै हिँडे गन्तव्यसम्म कसो न पुगिएला त? एकतामा शक्ति हुन्छ, अनि शक्ति प्रयोग एक अर्काको राम्रो पक्षलाई सम्मान अनि नराम्रो पक्ष सुधारको लागि गर्दै जाऊ न हुदैन?

हजुर बन्द कोठाभित्र बसेर मात्र भएन समस्याको जड जहाँ छ त्यहाँ सम्म पुगेर समस्या समाधान अनि समयसापेक्ष ,भूगोल सुहाउँदो, प्रबिधि विकासको क्षेत्र र बजारीकरणको क्षेत्रमा अघि लाग्नुस् ,म आफ्नो ठाउँबाट उत्पादन गरिरहन्छु। अनि मात्रै नेपाललाई अत्मनिभर्र, समृद्ध, आधुनिक, व्यवसायिक र यान्त्रीकरण युक्त राष्ट्र बनाउन सक्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments