‘बाँदर धपाऔ बालिनाली बचाऔँ’ अभियान

सिन्धुपाल्चोक: बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔ बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ ।

यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ। वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ ।

वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए ।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए। बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments