मलको अभाव झेलेको धानमा थप समस्या

शान्ता अधिकारी

चितवन। रासायनिक मलको अभाव झेल्दै गरेका चितवनका धान लगाएका किसानमा अर्को समस्या थपिएको छ । सावित्रीलगायत ढिलो गरी पाक्ने अधिकांश जातका धान पहँेलिन थालेको छ भने गाँज पनि कुहिने समस्या देखिएको छ ।

छिटो र राम्रो मनसुनले समय अगावै धान रोपेर राम्रो उत्पादन लिने आशामा रहेका कृषकमा धान पहेँलिन थालेपछि चिन्तामा परेका छन् । समस्याको समाधान खोज्न प्राविधिकसँग सल्लाह लिन थालेका छन् ।

चितवनको एक मात्र धान जोन सञ्चालक समितिका संयोजक तेजप्रसाद बर्तौलाले निषेधाज्ञाका कारण कृषि प्राविधिकलाई खेतमा ल्याएर देखाउन समस्या रहेको बताउनुभयो । प्राविधिकले केही दिन पानी सुकाएर सामान्य विषादीको प्रयोग गर्दा समस्या समाधान हुने बताएका छन् ।

उहाँले जोन क्षेत्रमा लगाइएकोे ढिलो पाक्ने प्रकृतिको धान पहँेलिने र पात र डाँठ कुहिने समस्या रहेको बताउनुभयो । पात र डाँठ कुहिने रोग गर्मी र बढी पानीका कारण नै यस्तो समस्या भएको हो भन्नेमा प्राविधिक पुगेको आफूलाई जानकारी प्राप्त भएको उहाँको भनाइ थियो । बर्तौलाका अनुसार पात पहेँलिने रोग नाइट्रोजनलगायत तŒवको अभावका कारण भएको हो भन्ने कृषकको अनुमानलाई कृषि प्राविधिकले नकार्न सकेका छैनन् ।

कृषि प्राविधिकले अहिले उत्पादन घट्छ भन्ने चिन्ता लिइहाल्नुभन्दा उपचार गर्नेतर्पm ध्यान दिन कृषकलाई सुझाव दिएका छन् । डाँठ कुहिने गरेको धान खेतमा कृषकले पानी सुकाउन लागेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले सावित्रीलगायतका धानमा पात पहेँलो हुने र यो बढ्दै जन्डिस लागेको मासिनको आँखाजस्तै भएको बताउनुभयो । तिमल्सेनाले धान खेतको अनुगमन गर्दा नाइट्रोजनलगायत मिनरलको कमी र सेतो झिङ्गाको आक्रमणका कारण पहँेलिने समस्या देखिएको निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

उहाँले चितवनको खेतमा पाँच÷सात वर्ष अगाडिदेखि यो समस्या देखिएको तर यसले उत्पादनमा खासै ठूलो समस्या नपार्ने बताउनुभयो । अर्कोतर्फ डाँठ कुहिने र मर्ने रोग तातो पानी र ढुसीका कारण भएको उहाँले बताउनुभयो ।-गोरखापत्र अनलाइन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments