‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

गलकोट। कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ ।

ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो ।

स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिए। सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उनको भनाइ छ ।

“भएकाले एक पोका, दुई पोका जति दिएर गए पनि हुन्छ, नभएकाले झिकेर लान सक्नेछन्”, उनले भने, “सङ्कटमा बाँडीचुँडी खानुपर्ने भावना पैदासमेत अभियानले गराउने आशा राखिएको छ ।”

अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ ले मोबाइल फुड बैंकमार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिए । राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकताअनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ ।

अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिने र प्राप्त सहयोगअनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष क्लबका अध्यक्ष सन्देश बोगटीले बताए । क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । क्लबले शुरु गरेको अभियानमा स्वतःस्फूर्त सहयोग प्राप्त हुनसमेत थालिसकेको छ । अभियान यहाँका बजारका मुख्य चोकमा सञ्चालन गरिनेछ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments