बहुउपयोगी फल रुखकटहर खादा हुने फाइदा के के छन् ? जानिराखौँ

रुख कटहर काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधिय गुणहरुले भरिपूर्ण छ ।

कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् । कतै यसलाई तन्त्रमन्त्रका लागि उपयोगमा ल्याइन्छ भने कतै यसलाई अशुभ मानेर छुनसम्म डराउँछन् मानिसहरू ।

अहिले रुखकटहर खाने सिजन हो । यसलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ ।यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ । कटहरमा कार्वोहाइड्रेट र भिटामिन पाइन्छ ।

रुखकटहर नियमित सेवनले विभिन्न रोगको उपचार साथै खानुका फाइदा के के छन् ? जानिराखौँ

अल्सरको औषधि: कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै उपयोगी हुन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाएपछि पिँधेर चूर्ण तयार गरेर सेवन गर्दा अल्सरबाट बच्न सकिन्छ,

अनुहार र छालामा औषधि: कटहरको पातले छाला फुट्ने तथा छाला सम्बन्धि रोग पनि ठीक पार्छ,

खाना पचाउन सहयोगीः
पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा पाँचन प्रणालीमा सुधार आउँछ,

मधुमेहको औषधी: कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ,

जोर्नीको दुखाइमा औषधिः कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ.

घाँटीको रोग सञ्चोः कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट छुट्करा पाउन सकिन्छ,

कब्जियतको औषधिः कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट राहत मिन्छ ।

-रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

-रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ ।

-थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ ।

-हड्डीका लागि पनि रुखकटहर फाइदाजनक मानिन्छ । यसमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउँछ र भविष्यमा असिटयोपोरोसिसको समस्या हुनबाट बचाउँछ ।

-यसमा पाइने भिटामिन सी र ए ले रोगप्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ ।

-रुखकटहरले अल्सर तथा पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ । कब्जियत हटाउनका लागि यसले प्रभावकारी रूपमा काम गर्छ ।

-रुखकटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments