गाउँपालिकाद्वारा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण

पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकाले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषकहरुलाई बजार व्यवस्थापनमा सजिलो होस भनेर न्यूनतम समर्थन मूल्य तोकेको गाउँपालिकाले जानकारी दिएको छ । कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

गाउँपालिका प्रमुख अमर माखिमका अनुसार न्यूनतम मूल्यभन्दा कम बजार भाउ भए गाउँपालिकाले व्यहोरी दिने गरी निर्णय गरिएको छ । उत्पादन लागतलाई मध्यनजर गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको माखिमले जानकारी दिए । उनका अनुसार आलु, प्याज र लसुनमा न्यूनतम मूल्य निर्धारण गरिएको हो ।

न्यूनतम मूल्य निर्धारणसँगै जैविक खेतीलाई समेत प्रोत्साहन गर्न खोजिएको माखिमले बताए । “कम्पोष्ट तथा गोठेमल र झारपात कुहाएर बनाएको विषाधी तयार गरी भएको उत्पादनमा न्यूनतम समर्थन मूल्य निर्धारण गरेका छौं । यसको अनुगमन सम्बन्धित शाखाबाट हुन्छ” माखिमले भने, “यी खेती गर्न चाहने किसानलाई बिउ किन्नका लागि कूल लागतको आधा मूल्य गाउँपालिकाले सापटी दिने छ । किसानले उत्पादन बिक्री गरेपछि फिर्ता दिनुपर्ने छ ।”

उत्पादनको बिउ किन्नका लागि कूल लागतको ५० प्रतिशत मूल्य गाउँपालिकाले सापटी दिने निर्णय समेत गरेको माखिमले बताए ।
उनका अनुसार ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रति केजी ४० र वर्षे प्रति केजी ४५ रुपैयाँ निर्धारण गरिएको छ । सानो साइजको वर्षे आलु प्रतिकेजी ४० र हिउँदे प्रतिकेजी ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै उन्नत जातको प्याज प्रतिकेजी ५० र स्थानीय जातको प्याज प्रतिकेजी ४५, सुकेको स्थानीय जातको लसुन १ सय १० रुपैयाँ र सुकेको लसुन चाईनीज ९० रुपैयाँ निर्धारण गरिएको छ ।

न्यूनतम मूल्य निर्धारणसँगै जैविक खेतीलाई समेत प्रोत्साहन गर्न खोजिएको माखिमले बताए । “कम्पोष्ट तथा गोठेमल र झारपात कुहाएर बनाएको विषाधी तयार गरी भएको उत्पादनमा न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेका छौं । यसको अनुगमन सम्बन्धित शाखाबाट हुन्छ” माखिमले भने, “यी खेती गर्न चाहने किसानलाई बिउ किन्नका लागि कूल लागतको आधा मूल्य गाउँपालिकाले सापटी दिने छ । किसानले उत्पादन बिक्री गरेपछि फिर्ता दिनुपर्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments