मकैबाली नष्ट: थाल ठटाउँदै बँदेल धपाउँदै , समस्यामा किसान

मध्यपुरथिमि : भक्तपुरको नगरकोट, तेलकोट र छालिङलगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ ।

हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका श्याम पुरीले जानकारी दिनुभयो । रात परेपछि बँदेलको समूह नै मकै बारीमा पसेर मकै खाने र नष्ट गरिदिने गरेको उहाँले बताउनुभयो । जिल्ला वन कार्यालय तथा नगरपालिकालाई पटकपटक नियन्त्रण गर्न आग्रह गरिएकामा हालसम्म सम्बोधन नभएको उनीहरुको गुनासो छ ।

चाँगुनारायणका बद्री अधिकारीले जङ्गलबाट राति आउने बँदेको भुण्डले आलु, कोदो मकै खाइदिने गरेको र थाल ठटाएर भगाउने गरे पनि दुःख दिन नछाडेको बताउनुभयो । नगरकोटका सन्त लामा भन्नुहुन्छ, “मकै खान बँदेल राति आउँछ । बँदेलको झुण्ड एकैपटक मकै बारीमा छिरेर मकै खाने र नष्ट गर्छ । राति थाल बजाएर धपाउनुपर्छ, डर हुन्छ । बँदेलले बाली नष्ट गरेको क्षतिपूर्ति पाउनुपर्ने यहाँका किसानको माग छ ।” (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments