बर्दियामा बङ्गुर मिसन कार्यक्रम

बर्दिया : बङ्गुर मिसन र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति र आर्थिक वर्ष २०७८/७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरे । उनले गत आवमा १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी दिए ।

स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बङ्गुरको मूल्य शुङ्खला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन सुरु भएको उनले बताए । आव २०७७/७८ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको ६७.५६ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

आव २०७७/७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताए ।

यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उनले जानकारी गराए ।

बङ्गुर स्रोत केन्द्र, बङ्गुर मिसन र बङ्गुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बङ्गुरको हबका रूपमा विकसित भइरहेको उनले बताए । चालु आवमा सो कार्यक्रमका लागि १७ करोड ९३ लाख कूल बजेट छुट्टयाइएको छ ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments