सामुदायिक वनको पाँच बिघामा वृक्षरोपण

लहान: राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान २०७८ अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला देवी सामुदायिक वनको पाँच बिघा क्षेत्रफलमा कर्मचारीले वृक्षरोपण गरेका छन् ।

वृक्षरोपण गरी वन क्षेत्रको विस्तार गर्ने उद्देश्यका साथ बुधबार एकै दिन सामुदायिक वनको पाँच बिघा क्षेत्रफल जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

डिभिजन वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त सामुदायिक वनमा आँप, जामुन, मसला, खयर र साललगायतका जातका बिरुवा रोपेको प्रमुख दासले बताए ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको नेतृत्वमा गरिएको वृक्षरोपणमा डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments