सीमानाका बन्द हुँदा याकका सङ्ख्यामा वृद्धि

फुङ्लिङ: पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात भएको छैन । सीमानाका बन्द भएसँगै यसका सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्ष अगाडि ३२ याक थियो । अहिले उनीसँग ६४ छन् । उनले भने, “दुई वर्ष भयो ,याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनसँगको नाका बन्द छ ।”

यसैगरी फिन्चो शेर्पाले गोठबाट दुई वर्षदेखि याक बिक्री नभएको बताए । उनीसँग अहिले ४० याक छ । याकको पोथीलाई ‘डी’ र भालेलाई ‘याक’ भन्नेर छुट्याउने गरेको उनले जानकारी दिए।

समुद्र सतहदेखि तीन हजर ५०० मिटर उचाइदेखि पाँच हजारसम्मको उचाइमा याक र डीको चरन क्षेत्र मानिन्छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घाका फेदीमा याक गोठ पाइन्छ । याक विगतदेखिनै चीनको भिन्न बजारमा बिक्री हुँदै आएको याङमाका स्थानीय टाँसी फिन्जो शेर्पाले जानकारी दिए ।

कञ्चजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आर्थिक तथा प्राविधिक सहयोगमा याङमा ४००, ओलाचुङगोला ४३५ र घुन्सा ३६ गरी ८७१ याकको बीमासमेत गरिएको छ । परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बीमालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको बताए।

चीनका विभिन्न विभिविन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौरी याकबाट उत्पादित छुर्पी, घ्यू साथै पशुजन्य बस्तु चीनका बजारमा उचित मूल्यमा बिक्री हुने गरेको याङमाका स्थानीयवासी सोनाम शेर्पाले बताए । चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्यानीयवासीको भनाइे छ । छुर्पी र घ्यू प्रतिकिलो रु एक हजार २०० मा बिक्री हुने गरेको याङमाका फिम्जो शेर्पाले बताए ।

कोरोनाका कारणले दुई वर्षयता टिप्ताला नाका र सङ्खरसभा जिल्लाको किमाथाङका नाका बन्द हुँदा याक दुई वर्षयता बिक्री नभएको मिक्वाखोला गाउँपालिका–५ पापुङका याक व्यवसायी रिङ शेर्पाले बताए। मिक्वाखोला–५ तोक्पेगोला क्षेत्रमा रहेको याक चौरी लायक पशुजन्य बस्तु सङ्खरसभाको किमाथाङका नाका हँदै चीका विभिन्न बजारमा बिक्री हुने गरेको उनको भनाइ छ । तोक्पेकोला क्षेत्रमा ३५ चौरी याकका गोठ रहेको मिक्वाखोला–५ पापुङका वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । तोक्पेखोला क्षेत्रमा दुई हजारभन्दा बढी याकको सङ्ख्या रहेको उनले बताए ।

जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिकाबाहेक सात पालिकामा चौरी याकपालन गर्दै आएको छ । उचित मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याकपालनतर्फ आकर्षित हुने गरेको फक्ताङलुङ –६ घुन्साका स्थानीयवासी पेमा शेर्पाले बताए । हिमाली क्षेत्रमा याकको उल्लेखनीय सङ्ख्यामा वृद्धि हुँदै गएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments