‘नून बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता हुनु आवश्यक छैन’

काठमाडौँ: ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ ।

अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो ।

मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टट्रेडिङ कर्पाेरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वाेत्कृष्ट छ ।”

कर्पाेरेशनको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहेका उनले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पुर्याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पुर्याउन कर्पाेरेशनको भूमिका सहरानीय रहेको बताए ।

नेपालमा पहिलो पटक सार्वजानिक निजी साझेदारीमा विसं २०२० भदौ २७ मा स्थापित कर्पाेरेशनले दैनिक उपभोग्य वस्तु दाल, चाम, नून, मैदा पिठो, चिनी, मसला, खाने तेललगायत ग्यास, रासायनिक मल तथा गहुँको बीउ बिक्रीवितरण गर्दै आएको छ ।

सरकारले अहिलेसम्म नूनको बिक्रीवितरणको जिम्मा कर्पाेरेशनलाई मात्र दिएको छ। त्रीयानब्बे साल्ट कार्यालय र छ हजार डिलरमार्फत कर्पाेरेशनले आयो, शक्ति, तेज र भानु चार प्रकारका नूनको पहुँच सबै जनताको भान्सासम्म पुर्याएको जनाएको छ ।

कर्पाेरेशका अनुसार १० महिनालाई पुग्ने नून मौज्दात छ। स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार अहिले आयोडिनयुक्त नूनको पहुँच ९८ प्रतिशत जनतामा पुगेको छ भने आयोडिनको कमीले हुने समस्या लगभग सम्बोधन समेत भएको छ ।

कार्यक्रममा कर्पाेरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले गुणस्तरीय दैनिक उपभोग्य बस्तुलाई सहज, सरल रुपमा कर्पाेरेशनले जनता समक्ष पुर्याइराखेको जनाउँदै महामारीका समयमा ‘जहाँ अप्ठ्यारो त्यहाँ साल्टट्रेडिङ कर्पाेरेशन ’भन्ने नारालाई प्रमाणित गरेको बताए ।

कर्पाेरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन कर्पाेरेशन चनाखो रहेको जनाउँदै महामारीका समयमा उपभोक्ताका घरघरमा मागअनुसार अत्यावश्यक बस्तु सुलभ रुपमा प्रदान गरिएको जानकारी गराइन्। उनले भनिन्, “कर्पाेरेशनले रासायनिक मलको समस्या लगभग समाधान गरेको छ । ” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments