रसुवामा ५ हजार ५ मिटरको उचाईमा चिज उद्योग सञ्चालनको तयारी

रसुवा : चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि ५ हजार ५ सय मिटर उचाइबाट चिज उत्पादन गर्ने भएको छ । केन्द्रले रसुवाको यालाखर्कबाट चिज उत्पादन सुरु गर्ने भएको हो ।

चौरीपालक कृषकको अनुरोधमा यालाखर्कबाट चिज उत्पादन सुरु गर्न लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले जानकारी दिनुभएको छ ।

केन्द्रले लाङटाङमा वार्षिक ५ हजार किलोसम्म चिज उत्पादन गर्ने जनाएको छ । यसअघि सो केन्द्रले गोसाइँकुण्ड गाउँपालिकाको पाङ्लेखर्क, चन्दनबारी, लाङटाङ र आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेनमा चिज उत्पादन गर्दै आएको छ ।

कोभिड महामारी अघिसम्म जिल्लामा उत्पादिन चिज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमै खपत हुने गरेकोमा कोभिडपछि दुग्ध विकास संस्थानले काठमाण्डौं चिज खरिद गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?