बीउको गुणस्तरतामा नै वेवास्ता गरे कृषिमा भएको परनिर्भरतालाई नकार्न सकिएला त?

‘बीउ रहे त कृषि रहन्छ
कृषि रहे त जीवन गहन छ’

भनिन्छ नि जहाँ केहि हुन्छ त्यहाँ नै समस्या हुन्छ र जहाँ समस्या हुन्छ त्यहाँ नै समधान समधान पनि हुन्छ। तर समस्याको समाधान नभई बहसमा मात्र सीमित हुने हाम्रो देशमा, हरेक क्षेत्रमा अनेकौं समस्याहरु विद्यमान रहेको परिपेक्ष हाम्रो जीवनस्तरको प्रमुख खम्बा मानिएको कृषि क्षेत्रपनि यस्ता विग्रह समस्याबाट अछुतो होला त ????अछुतो रहेको भए ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा पूर्णरुपले निर्भर हुँदापनि किन परनिर्भरता कै कारण निम्तिने अनेकौं समस्याहरूको भागीदार हुनुपर्ने थियो र ???वास्तविकता जति नै तितो लागे पनि वास्तविक हुन्छ, कतै हामीले पनि कृषि क्षेत्रमा रहेका यस्तै वास्तविकतालाई स्वीकार्न गरी उपयुक्त समधानको खोजी नगरे कै कारण आज यस्ता समस्याहरु भोग्न बाध्य भएका त छैनौं?

तीव्र जनसंख्या वृद्धिसँगै निम्तिएका असिमित आवश्यकता र उच्च खाद्यान्न मागको परिपूर्ति गर्नु नै हामीलाई आजको आवश्यकता सँगसँगै चुनौती पनि हो। तर दिनप्रतिदिन बढ्दो भौतिक सम्पदाको निर्माण, बसाइँसराइ साथ साथै अन्य मानवीय तथा प्राकृतिक कारणले गर्दा दिन प्रति दिन खेतीयोग्य जमिनको क्षेत्रफलमा तथा उवरता मा कमि आएको यस परिप्रेक्ष्यमा उत्पादनमा वृद्धि ल्याउने उत्तम विकल्प नै गुणस्तरीय बीउ पहुँचमा वृद्धि ल्यानू हो।

बीउ कृषिको एक महत्वपूर्ण मेरुदण्ड हो। यसले नै करिब पचास प्रतिशत भन्दा बढी बालीको उत्पादन क्षमता निर्धारण गर्दछ। गुणस्तरीय बीउ र उपयुक्त बालि व्यवस्थापनका विधिहरु अवलम्ब गर्न सकियो भने पनि अहिलेको उत्पादनमा करीब दुई तिन गुणाले वृद्धि ल्याउन सकिन्छ। गुणस्तरीय बीउ भन्नाले भौतिक तथा वंशानुगत शुद्धता भएको, रोग तथा कीरा नलागेको, अन्य जातका तथा अन्य बालिका बिउ मिश्रण नभएको साथसाथै उच्च उम्रन क्षमता भएको बिउलाई बुझिन्छ।

विभिन्न समस्याहरु जस्तै खुल्ला सिमाना, कार्य पारदर्शीताको कमी, बजार अनुगमनको कमी, एकलौटी परनिर्भरता, फितलो कानूनी व्यवस्था, जिम्मेवारी ब्याक्तित्वको व्यक्तिगत स्वार्थ आदिका कारणले वास्तविक किसानहरुले उच्च गुणस्तरको बीउ समय पाउन नसक्नुको कारण न्यून गुणस्तरको बिउलाई उच्च मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन्।यसैको फलस्वरुप प्रत्येक वर्ष बालीमा दाना नलाग्ने तथा रोगकिराको उच्च प्रकोप देखिने जस्ता अनेकौं समस्याको कारण परनिर्भरताले झनै जरा गाडेको पाइन्छ। यस्ता विग्रल समस्याहरूको समाधानकालागि सम्बन्धित निकायहरूले आफ्नो आ-आफ्नो ठाउँबाट उपयुक्त कार्य योजना बनाई, एक अर्कोमा सहमति र सहकार्य गर्दै वास्तविक किसानहरुको समस्यासँग हातेमालो गरी उच्च गुरस्तरको बीउ उत्पादन गर्नु को साथसाथै उचित समयमा र उचित मूल्यमा बीउ उपलब्धता गराई वासताबिक किसान सम्म पुराउनु पर्दछ।

त्यसैले बीउमा आत्मनिर्भर नभई, खाद्यान्नमा आत्मनिर्भर बन्ने आधार बिरलै भएकोले, पहिला बीउमा आत्मनिर्भता बन्न हामी सबैले आ-आफ्नो ठाउँबाट गुरस्तर बिउ उत्पादन र बजारिकरणमा सक्दो सहयोग पुराउ ।

लेखक: Saraswati Aryal (Student, Bsc Ag 4th Sem, IAAS, Paklihawa ,Rupandehi)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments