भारतीय केराले नेपाली किसान मर्कामा

धनगढी, भदौ ३० गते । भारतबाट आयात भएको केरासँग प्रतिस्पर्धा गर्न नसक्दा कैलालीका केरा किसान मर्कामा परेका छन् । पारिबाट सस्तोमा वर्षभरि केरा आयात हुँदै आएकाले यहाँका किसान मर्कामा परेका हुन् । बजारमा आएको भारतीय केरासँग यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सकिरहेको छैन । सस्तोमा आयात भएको केराले समस्यामा पारेको किसानले बताएका छन् । कुनै÷कुनै बेला धेरै ठूलो क्षति बेहोर्नुपरेको किसानको भनाइ छ ।
भारतीय केराले कैलालीको बजारमा बाह्रै महिना एकाधिकार जमाएको किसान लक्षिराम आचार्यले बताउनुभयो । जब हाम्रो उत्पादन हुन्छ, तब भारतबाट ६० प्रतिशत मूल्य कम भएर आउँछ, उहाँले भन्नुभयो, हाम्रो उत्पादनले बजारमा प्रतिष्पर्धा गर्न सक्दैन ।

भारतमा किसानलाई मल, बीउ, कृषि औजारमा अनुदान दिने गरेकोले भारतीय किसानले सस्तोमा केरा बिक्री गर्ने गरेका छन् यद्यपि नेपाली उपभोक्ताले भने भारतीय सस्तो केरालाई पनि तुलनात्मक रूपमा निकै सस्तोमा पाउन सकेका छैनन् ।
भारतीय केरा सस्तो हुँदा व्यापारीलाई मात्र फाइदा हुने तर उपभोक्ताले महँगोमा नै किन्नुपर्ने बाध्यता रहिआएको छ ।
यहाँ उत्पादित केरा महँगो भएपछि व्यापारीले किन्नै चाँहदैनन्, किसान आचार्यले भन्नुभयो, बजार नपाउँदा कहिलेकाही हाम्रो उत्पादन खेतमै सडेर क्षति बेहोर्नुपरेको छ ।
स्थानीय उत्पादनले बजार नपाउँदा विगतमा धेरै जमिनमा केरा खेती गर्दैआएका किसानले जग्गाको मात्रा घटाउँदै लगेका छन् । पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउनुभएका आचार्यले सुरुमा २२ बिघा जमिनमा केरा खेती गर्नुभएको थियो तर उत्पादनले बजार पाउन समस्या भएपछि १० बिघा घटाएर १२ बिघा जमिनमा यो वर्ष केरा खेती गर्नुभएको छ ।
कैलालीमा गौरादेखि छठ पर्वसम्म केराको खपत बढी हुने गर्दछ । यही बेला यहाँ केरा उत्पादन हुने गर्छ तर पर्वको बेला भारतबाट अत्यन्त कम मूल्यमा केरा आयात हुने र यहाँको उत्पादन विस्थापित हुने गरेको किसानको भनाइ छ ।
कैलालीभरि करिब एक हजार ६०० कृषकले केरा खेती गरिरहेको किसानले बताएका छन् । जिल्लामा मात्रै साढे सात सय हेक्टर जमिनमा केरा खेती भइरहेको दाबी गरेका छन् तर प्रदेश सातको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि महाशाखाले भने यो जिल्लामा दुई सयभन्दा बढी हेक्टरमा केरा खेती भइरहेको जनाएको छ ।
यहाँ एकैजना किसानले ८५ बिघा जमिनमा केरा खेती गरेका छन् तर भारतबाट सस्तोमा आयात हुने केराका कारण किसानले अपेक्षानुरूप बजार पाउन सकेका छैनन् । कैलाली, कञ्चनपुरका किसानले केरा खेती गर्दा उत्पादन लागत महँगो हुने कारणले भारतबाट आयात हुने केरासँग प्रतिस्पर्धा गर्न नसकिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव यज्ञराज जोशीले बताउनुभयो ।
हाम्रो यहाँ सिचाइँ सुविधा लगायत यावत कुरा नहुँदा खेती गर्ने किसानको लागत बढ्ने गर्दछ, उहाँले भन्नुभयो, लागत बढी भएपछि महँगो हुने नै भयो, त्यसैले भारतीय केरासँग प्रतिस्पर्धा हुन सकिरहेको छैन ।

gorkhapatraonline.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments