तरकारी तथा फलफूलको आजको मूल्य : कुरीलो प्रतिकेजी ८५०, भेडे खु्र्सानी रू. १७०
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ५०, अनारको प्रतिकेजी मूल्य ३२५, अम्बा प्रतिकेजी ९०,आलु रातो(मुडे)को प्रतिकेजी मूल्य ४९, इमली १४५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी स्थानीय काउली ७० रुपैयाँ,गुन्दुक प्रतिकेजी १७५ रुपैयाँ ,लोकलकाक्रो ६० रुपैयाँ, कुरीलो प्रतिकेजी ८५० रुपैयाँ ,कागती प्रतिकेजी १६५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ४००,केरा प्रतिदर्जन ९५. रुपैयाँ, अकबरे खुर्सानी १६५ रुपैयाँ, च्याउ डल्ले ३६५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी