परम्परागत खेती र रुख बिरुवाले भरिएको जमिनमा व्यावसायिक केरा खेती

म्याग्दी : परम्परागत खेती र रुख बिरुवाले भरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको जमिनमा पछिल्लो समय व्यावसायिक रुपमा केरा, फलफूल र तरकारी खेती विस्तार भएको छ ।

वर्षौंदेखि मकै कोदो बालीसँगै रुख बिरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले व्यावसायिक केरा खेती गरेका छन् । आरम्भ कृषि तथा पशु फार्मबाट सुरु गरिएको व्यावसायिक केरा खेतीलाई मुख्य पेशासँगै एक हजार केराका बिरुवा लगाएको कटुवालले बताए ।

उनको फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायतका प्रजातिका केरा खेती गरेका छन् । उत्पादन गरेको केरा बिक्रीका लागि सदरमुकाम बेनी, पर्यटकीयस्थल घोरेपानी, मल्लाजलगायतको क्षेत्रका व्यवसायी आउने गरेको कृषक रमेशबहादुर कटुवालले बताए । ४ वर्षदेखि सुरु गरेको केरा खेतीबाट आगामी वर्षमा ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए । “अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसँगै बजार सुविधाले ४ वर्षदेखि केरा खेती विस्तारमा लागेको छु” उनले भने ।

पूर्खौंदेखि केराखेती हुन्छ भन्ने प्रमाणित भएको रिसिनचौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेसँगै राममन्दिर, माझखर्क र रिसिन चौतारीका बासिन्दाले गाउँभरी खेरा खेती विस्तार गरेका छन् । एक जना कृषकले एक सयदेखि पाँच सय वटा केराका बिरुवा रोपेका छन् ।
कृषकको आयआर्जन वृद्धि र जिवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको रघुगंगा गाउँपालिका–२ भगवतिका वडा अध्यक्ष रिम कटुवालले बताए । “सबै गाउँमा पछिल्लो सडक सञ्जाल जोडिएको छ” उनले भने, “मेहनत गरेर उत्पादन गरिएको केरा बिक्रीको लागि बजारको समस्या छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments