किसान चिन्तित: केरा खेतीमा गवाँरो रोगको प्रकोप

गलेश्वर: म्याग्दीमा केरा खेतीमा गवाँरो रोगको प्रकोप देखिएको छ। सो रोगका कारण किसान चिन्तित बनेका छन्। गत वर्ष चैतयता केरामा तीन पटक गवाँरो रोग लागिसकेको छ ।

कोसा लाग्ने बेलामा केरामा गवाँरो लागेपछि बोट सुकेका थिए। गत साउनमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पुर्याएको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले बताए। उनले लगाएका ४०० केराका बिरुवामध्ये ४० भन्दा बढी गवाँरोका कारण मरेका छन् ।

पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिंगा, थामडाँडालगायत क्षेत्रमा केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका छन्। बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाका अनुसार बगरफाँटमा घुन र गवाँरोले सयौं रोपनीमा लगाइएको केराका बोट सुक्न थालेका छन् ।

केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन्। उनले सात रोपनीमा केराखेती गरेका छन्। खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै जान थालेपछि सङ्कटमा परेको कार्कीले बताए। यहाँका किसानले धान फल्ने खेतमा केराखेती गर्दैआएका छन् ।

सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवाँरोले केरा खेतीमा ठूलो क्षति पुर्याएको छ। बगरफाँट र खबरामा मात्रै ४०० रोपनीमा केराखेती गरिएको छ। केरा बेचेर खबरामा मात्र वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने किसान बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments