दुई दिनमा रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

रसुवा: दशैंलाई मध्यनजर गर्दै रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको छ । शनिबार र आइतबार गरी ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दशैंका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौं लैजाने क्रम शुरू भएको चौधरीले बताए ।

चाडपर्वमा फलफूललको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको बताएका छन् । आम उपभोक्ताको चाहना तथा राजधानी काठमाडौंलगायत व्यावसायिक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।

लेखक

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments