जुम्लामा स्याउ बाेकेकाे ट्रक दुर्घटना एककाे मृत्यु

जुम्ला:हिमा गाउँपालिका १ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार बाग्मती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधवार राती दुर्घटना हुँदा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको हो । सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राती नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका वडा नम्बर १ को बझाङे खोलामा भएको छ । दुर्घटना पछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ । यस्तै मृतकलाई समेत भ्यानको व्यवस्था हिमा गाउँपालिकाले गरेर सदरमुकाम ल्याइएको उहाँले जानकारी दिनुभयो ।

जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूला बाट स्याउ लिएर सुर्खेत जाँदै गरेको ट्रक राती दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका १ मा रहेको प्रहरी चौकीले उद्धार गरेको छ । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठानमा रिफर गरेको थियो भने मृतकको उद्धार गरेको जनाएको छ ।

नाग्म गमगढी राजमार्ग अन्तरगत हिमा गाउँपालिकाको सो क्षेत्रमा दुर्घटना हरेक वर्षको बढ्दै गएको छ । यस अघि २ वटा दुर्घटना सो क्षेत्रमा भएको छ । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments