डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

डोटी: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कामीको मृत्यु भएसँगै जिल्लामा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। मङ्गलबार र बुधबार मात्रै जिल्लामा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको थियो ।

आज एक जनाको उपचारका क्रममा मृत्यु भएको र सायल गाउँपालिका–४ मा घर भत्किएर पुरिएका एक जनाको शव भेटिएपछि मृत्यु हुनेको सङ्ख्या १६ पुगेको हो। प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टका अनुसार डोटीमा मात्रै बाढीपहिराका कारण १६ जनाको ज्यान गइसकेको छ ।

यसैगरी, बाढीपहिराका कारण १२ जना घाइते तथा ३५ चौपायाको मृत्यु, २५ घाइते र २० बेपत्ता भएका छन्। विस्थापित घरधुरी सङ्ख्या ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments