गोदावरी पुष्प प्रदर्शनी कात्तिक १२ देखि १५ गतेसम्म

काठमाडौँ: फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ ।

फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ । स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ । करिब ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments