आजको मौसम: आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ: देशका पहाडी भू–भागमा आज आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले बाँकी भू–भागमा आज मौसम सफा रहने महाशाखाको भनाइ छ ।

आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments