म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी : म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो ।

पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका किसानालाई बाली भित्र्याउने चटारो छ । यसपालि बेलैमा र पर्याप्त बर्षा भएका कारण धान उत्पादन बढेको किसानहरुले जानकारी दिएका छन् ।

म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ । तर धान भित्र्याउने समयमा लगातार पानी पर्दा भने केही क्षति भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments