मर्कामा कृषक : सुन्तलाले भाउ पाएन

नवलपुर : जिल्लाको पहाडि क्षेत्रमा उत्पादन भएका सुन्तलाले बजार भाउ पाउन सकेका छैनन् ।

यातायातको पहँुच नहुँदा नवलपुरको बौदीकाली गाउँपालिकामा उत्पादन भएका सुन्तला बिक्री हुन नसकेका हुन् । २५ देखि ३० क्विन्टल सुन्तला बजारसम्म पु¥याउन नसक्दा कृषकहरूले ठूलो नोक्सान व्यहोर्नुपरेको छ ।

पहाडी भेगमा यातायात सञ्चालन हुन नसक्दा सुन्तला कृषकहरू मर्कामा परेका हुन् । यहाँका अधिकांश कृषक सुन्तला खेती गर्छन् । सुन्तला उत्पादन राम्रो हुँदा पनि कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरूको गुनासो छ ।

नवलपुरको सुन्तला स्थानीय बजारले मात्र धान्ने अवस्था छैन । उत्पादन भएका सुन्तला यातायातको समस्याकै कारण निकासी हुन नसक्दा कृषकले गरेको मेहनत खेर गएको छ । सुन्तलाको मूल्य व्यवसायीहरूले निर्धारण गर्दा कृषक मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments