किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज : वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।

महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकलाई सहुलियत होस भन्ने उद्देश्यले ४० टन भन्दा बढी गहुँको बिउ वितरण गर्ने योजना रहेको नगर प्रमुख सरावगीले बताए ।

वीरगन्ज महानगरपालिकाले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिउ वितरण सुरु गरिएको छ । यसपछि पनि समय बाँकी रहेमा एनएल ९७१ नै वितरण गरिने नभए गहुँको पछुवा जात विजय वितरण गरिने योजना रहेको श्रेष्ठले बताइन् ।

अधिकांश ग्रामीण क्षेत्रलाई गाभेपछि बनेको महानगरपालिका भित्र ८ हजार हेक्टर भन्दा बढी क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । खेती योग्य जमिन महानगरपालिका क्षेत्रमा भएकोले पनि किसानलाई सहुलियतमा कृषि उपजका बिउबिजन उपलब्ध गराएर उत्पादनलाई प्रोत्साहन गर्ने उत्पादकत्व बढाई महानगरपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सहज हुने महानगर प्रमुख सरावगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments