कृषि अनुसन्धान केन्द धनकुटाले मकैको मूल बिउ तयार गर्दै

धनकुटा: धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले मकैको मूल बिउ तयार पार्न थालेको छ ।

मकै खेती लगाउने सिजन सुरु हुँदै गएपछि केन्द्रले कृषि अनुसन्धान परिषद् नार्कले सिफारिस गरेका मनकामना एक, तीन र चार तथा गणेश एक, अरुण एक र शीतला जातको सेतो र पहेँलो मकैको प्रजजन् र मूलबिउ तयार पार्न थालेको हो ।

केन्द्रले उच्च, मध्य र तल्लो पहाडी क्षेत्रमा व्यवसायिक खेतीका लागि उपयुक्त मकैका पाँच जातको प्रजनन् र मुुल बिउ उत्पादन गरेको छ ।

उत्पादित बीउ २३ सय मिटर उँचाइको पहाडमा पनि व्यवसायिक रुपमा खेती गर्न सकिने केन्द्रले जनाएको छ ।

अहिले पनि धेरै किसानले खानका लागि राखेको मकैलाई नै बिउको रुपमा प्रयोग गर्ने गरेका छन् । यसले उत्पादन र उत्पादकत्व घट्ने प्राविधिक बताउँछन् । केन्द्रले यस वर्ष मकैको १८ टन स्रोत बिउ बिक्री गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments